Butwal Today

सिटिजन्स बैंकले दियो खानेपानीलाई साढे ३ लाख सहयोग

२८ असार २०८०, बिहीबार
अ+
अ-

बुटवल, २८ असार–   सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत शंकरनर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा २ योगीकुटीलाई ३ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ ।

बैकको शाखा कार्यालय कालिका नगरमार्फत बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई उक्त चेक रकम बुधबार प्रदान गरेका हुन । संस्थाले निर्माण गर्न लागेको फूलबारीको लागि सहयोगस्वरूप रकम प्रदान गरिएको बैंकको कालिकानगर शाखा प्रमुख किरण कुमार केसीले बताए ।

सो कार्यक्रममा बोल्दै बैकको लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न समयमा सामाजिक संघसंस्थाहरूलाई आफुहरुबाट सहयोग गर्दै आएको बताए । बैंकका लुम्बिनी प्रदेश कलष्टर ४ संयोजक सञ्जय पुनले आगामी दिन पनि यस्तै प्रकृतिको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।