ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
लेख रचना

रूपन्देही बन्दैछ उच्च शिक्षाको केन्द्र

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

रूपन्देही नेपाल–अंग्रेज भीषण युद्ध भएको रणभूमिमा परिणत अंग्रेज सेनालाई परास्त गरि सार्वभौम नेपालको अस्तित्व रक्षामा महत्वपूर्ण योगदान रहेको पुण्यभूमि हो । युद्धकालीन समयबाट तरङ्गित कति दशक लाग्यो भन्ने खोजको विषय हो ।

जहाँनिया राणा शासनको अन्त्यतिर बटौली एउटा महत्वपूर्ण ब्यापारिक केन्द्रको रूपमा स्थापित भईसकेको थियो । त्यसताका अहिलेको कालीगण्डकी र राप्ती नदीको जलाधार क्षेत्र भित्रका गाउँबस्तीको घ्यु बेच्ने र नुन तेल किन्ने बजार हो बटौली ।

पहाडतर्फ सडक संजाल नभएका कारण यातायातका साधनको कल्पना पनि गर्न सकिने अबस्था थिएन । तत्कालिन बटौली बजार आफ्नो घरमा छ महिना वा वर्ष दिनसम्मका लागि चाहिने नुन, तेल, वरापरी (लत्ता कपडा) जस्ता अत्यावश्यक दैनिक उपभोग्य सामाग्री आफै पिठ्युमा बोकी हिड्ने ढाक्रे र पहाडी भेगमा सानातिना खुद्रा, किराना र कपडा पसलमा राखिने सामाग्री बोक्ने भरियाको भरमा चल्दथ्यो ।

सडक सञ्जाल र यातायातमा नामः

पूर्वको सिमाना मेची नदीदेखि पश्चिमी सिमाना महाकाली नदीसम्मको पूर्व–पश्चिम राजमार्ग र मध्य नेपाल दक्षिणी भारतिय सिमाना सुनौलीदेखि नेपालको पर्यटकीय राजधानी भनेर चिनिने तालै तालको शहर पोखरासम्मको सिद्धार्थ राजमार्ग निर्माण भैसकेपछि रूपन्देहीको सेरोफेरोमा रहनेहरूको लगानीको प्राथमिकता यात्रु बाहक र मालबाहक सवारी साधनमा गरेको देखिन्छ ।

कुनै समय कसैको घर वा टोल चिनाउनु पर्दा गाडीको नम्वरले सम्बोधन गरेर चिनाउने प्रभावले होला अहिले पनि यातायात सम्वद्ध संघ सस्थाहरू देशकै प्रतिष्ठित र प्रभावशाली संस्थाको रूपमा स्थापित छन । सडक संजालको बिस्तारसंगै यातायात क्षेत्रमा भएको लगानी रूपन्देहीको अतिरिक्त अन्य छिमेकी जिल्ला र नयाँ नयाँ बजार क्षेत्रमा बिस्तार हुनथाल्यो ।

चालिसको दशकसम्म आफ्ना उद्योगबाट उत्पादित बस्तु आफ्नै गाडीबाट अर्को बजार क्षेत्रको व्यापारी कहाँ पुयाउने प्रचलन जस्तै भएको थियो । यसरी रूपन्देहीमा उद्योग, व्यापार र यातायात गरि तिनवटा क्षेत्रमा लगानीको प्राथमिकता रहेको देखिन्छ ।

उद्योगको अधोगति यात्राः

२०४६ सालपछिको राजनैतिक परिवर्तन संगसगै सरकारले अवलम्वन गरेको प्रतिस्पर्धात्मक खुल्ला अर्थनीतिका कारण हाम्रो व्यापार प्रणालीमा व्यापक परिवर्तन आयो । उदारिकरणका वहानामा विदेशमा उत्पादित बस्तुको नेपाली बजारमा भएको सहज पहुँचले हाम्रो आन्तरिक उत्पादनलाई विस्तापित गर्दै विदेशी र बहुराष्ट्रिय कम्पनीको पकड बजारमा बढ्दै गयो ।

हाम्रो भन्दा धेरै अन्तरमा उत्पादन लागत कममा उत्पादित बस्तु नेपाली बजारमा छ्याप्छ्याप्ती हुनथाले पछि हाम्रा उद्योगहरू क्रमसः बन्द हुन थाले । यो पृष्ठभूमिमा रहेको राष्ट्रिय अर्थतन्त्रबाट रूपन्देही अछुतो रहने कुरै भएन ।

विद्यालय शिक्षामा फड्कोः

अर्थतन्त्रमा जस्तै २०४६ को राजनैतिक परिवर्तनपछि शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन आयो । विद्यालय तहमा नीजि क्षेत्रको लगाउने नीति अन्तरगत विद्यालय तहको शिक्षामा नीजि क्षेत्रको लगानी र पहुँच बढ्न थाल्यो ।

२०४६ भन्दा अघि काठमाण्डौ उपत्यकाभित्र केही नीजि विद्यालय भएपनि उपत्यकाबाहिर नीजि विद्यालयको प्रभाव नगण्य जस्तै थियो । उपत्यका बाहिरका हुने खानेका छोरा छोरी कि त काठमाण्डौ जान्थे कि त छिमेकी भारतका शहरहरूमा । रूपन्देहीमा पनि शिक्षामा देखिएको यो रिक्ततालाई नजिकबाट हेरेका केही शिक्षाप्रेमीको अगुवाईमा निजी क्षेत्रको कतिपय अवस्थामा ब्यक्तिगत र कतिपय अवस्थामा सामूहिक लगानी निजी विद्यालयहरू खुल्न थाले ।

बजार क्षेत्र र त्यस आसपास शंकरनगरको न्युलाइट, बुटवलको न्यु होराइजन, दीपबोर्डिङ, बुटवल इलिट, एभरेष्ट, भैरहवाको सनसाइन जस्ता स्कुलहरू संगसगै बजार उन्मुख क्षेत्र मात्र होइन ग्रामिण भेगको दुरदराजमा समेत नीजि विद्यालय संचालनमा रहेका छन । रूपन्देहीकै सन्दर्भमा हेर्ने हो भने विद्यार्थी भर्नाको अनुपात सामुदायिक विद्यालयमा भन्दा धेरै गुणा नीजि विद्यालयको रहेको छ । विद्यालय संख्याको हिसावले पनि सामुदायिक भन्दा नीजि विद्यालयको संख्या धेरै छ ।

स्थापना र संचालनको केही वर्ष मै तत्कालिन उच्च शिक्षाको फलामेद्वार मानिने एसएलसी बोर्डमा २÷२ पटकसम्म प्रथम स्थान ल्याउने न्यु होराइजन र एभरेस्ट बोर्डिङ मात्र होइन बोर्डको १० स्थानभित्र धेरै विद्यालयका विद्यार्थीहरूले आफ्नो विद्यालय र आफ्नो ब्यतिगत नाम र स्थानमात्र सुरक्षित गराएनन् रूपन्देहीबाट बाहिर हुनेहरूले छोराछोरी पढाउने रोजाइको जिल्ला बनाउन समेत योगदान पु¥याए । रूपन्देहीका नीजि विद्यालयको योगदानमा जाज्वल्यमान उपस्थितिका लागि माध्यम बनेका सबल र सफल अभ्यासलाई नजिकबाट नियालेका सामुदायिक विद्यालयहरू समेत विद्यार्थी संख्या र रिजल्टका हिसावले देशभर मै उत्कृष्ट छन ।

कालिका, कान्ति, नवीन, शान्ति हुदै अन्य विद्यालयको भौतिक र शैक्षिक परिवर्तनले अभिभावकलाई आकर्षण गरिहेको छ । शहर बजार क्षेत्र अर्थात उपमहानगर र नगरपालिकाभित्रका मात्र होइन गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय पनि उत्तिकै गुणात्मक उपलब्धी गर्नका लागि प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन । गुणात्मक परिवर्तनका लागि सामुदायिक र संस्थागत विद्यालयबीचको मित्रवत प्रतिस्पर्धा देशकै लागि उदाहरणीय बन्न सक्छ ।

उच्चशिक्षामा उच्चताः

विद्यालय तहको मात्र होइन उच्च शिक्षामा समेत रूपन्देहीको महत्वपूर्ण योगदान रहेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संख्याको अनुपातमा स्नातकोत्तरसम्म पठनपाठन हुने दुई आंगिक क्याम्पसहरू यहीँ रहेका छन ।

यी क्याम्पस विद्यार्थी संख्या मात्र होइन परिक्षाफलका दृष्टिकोणबाट समेत प्रशंसायोग्य छन । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त देशकै चर्चित सामुदायिक क्याम्पसको संख्यापनि उल्लेख्य छ । निजी क्षेत्रबाट समेत अनुमति लिई संचालनमा आएका छन । सामुदायिक र नीजि कलेजका विद्यार्थीको संख्या समेत उल्लेख्य छ ।

त्रिभुवन विश्वविद्यालयको मात्र होइन रूपन्देहीमै केन्द्रिय क्याम्पस रहेको लुम्बिनी वौद्ध विश्वविद्यालय पनि रूपन्देहीमै छ । पछिल्लोसमय चाइनिज, श्रीलंकन, बर्मिज, थाइल्याण्ड लगायत विश्वका विभिन्न विश्वविद्यालयसंगको सहकार्यमा आधुनिक अन्तराष्ट्रिय स्तरको जनशक्ती तयार गर्ने गरि शिक्षा प्रदान गर्दैछ ।

स्वदेशी काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र विदेशी लिंकन अनि एसिया प्यासिफिक युनिभरसिटी अफ टेक्नोजोजी एण्ड इनोभेसन नामक विश्वविद्यालयबाट सम्वन्धन लिई विभिन्न विधामा अध्ययन अध्यापन भएको छ । रूपन्देहीका पालिकाहरूमा लुम्बिनी, बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, कञ्चन, शुद्धोदन, सियारी र मायादेवीमा उच्चशिक्षा पठनपाठनको पहुँच पुगेको छ ।

प्राविधिक शिक्षामा नामः

स्थानिय तह, व्यावसायिक संघ सस्थाको अगुवाई र संचालनमा रहेको देशकै प्रतिष्ठित सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयको रूपमा स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । मध्यम स्तरको प्राविधिक जनशक्ती तैयार गर्ने भनिएको बुटवल टेक्निकल इन्ष्टिच्यूटको प्रभाव हेर्ने हो भने कुनै विश्वविद्यालयको भन्दा कम छैन । रूपन्देहीमा स्थापित धेरै उद्योगहरूका संचालक कुनै समय बिटिआइ पढेको सुन्न र देख्न पाइन्छ ।

के रोज्ने, के पढ्ने ?

समग्रमा हेर्दा प्राविधिक धारतर्फ त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयतर्फको एमविविस, पोखरा विश्वविद्यालयतर्फको इन्जिनियरिङको अध्ययनको अवसरसंगै ब्यवस्थापनतर्फका बिबिए, एमबिए, बिबिएस, एमबिएस, बिएस्सी, सिएसआइटी लगायतका बिषयमा विद्यार्थीको रोजाईका विषयहरू क्याम्पस छानीछानी पढ्न पाइने अवसर रूपन्देहीले दिइरहेको छ । पछिल्लोसमय सिटिइभिटी अन्तरगतका ३ महिनेदेखि ३ वर्षे डिप्लोमा लेभलका सबै विषय अध्ययनको लागि समेत रूपन्देही महत्वपूर्ण प्रमुख गन्तव्य बनेको छ ।

अबको बाटोः

औपचारिक अध्ययनपछिका स्वरोजगार बन्ने र रोजगारीका अवसर प्राप्तिका धेरै संभावना भएको कारण पनि रूपन्देही उच्च शिक्षाको नयाँ केन्द्र बनिरहेको छ । यसलाई बिस्तार गर्न र गुणस्तर बढाउनमा सरकार र समुदायको भूमिका भने अझै सकिएको छैन् । यसलाई बढाउन बिषय केन्द्रित बहस, छलफल गर्दै उपायको पहिचान गर्दै कार्यान्वयनमा ल्याउन जरुरी छ । यो काम नागरिक समाज र सरकार दुबैले गर्न सक्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?