Butwal Today

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

२८ असार २०८०, बिहीबार
अ+
अ-

बुटवल, २८ असार ।

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर  १ नेटा सिम्लेकी १५ वर्षीय टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधवार साँझ  घरमै काम गरिरहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।