ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

एमाले विभिन्न परीक्षणमा उत्तीर्ण हुँदै आएको पार्टी हो : उपमहासचिव ज्ञवाली

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

सुर्खेत, २८ असार ।

नेकपा एमालेको कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक सुर्खेतमा सम्पन्न भएको छ । विहिबार सम्पन्न बैठकमा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एमाले कमजोर बन्दा राष्ट्रियता, स्वाधीनता र लोकतन्त्र कमजोर हुने भएकाले एमालेको सुदृढ एकता आवश्यक रहेको बताएका छन् । हालको सरकारले नेपालको सार्वभौमसत्ता नेपाली जनतामा नभै विदेशीको हातमा छ भनेर निर्लज्जता प्रकट गरेको भन्दै ज्ञवालीले एमाले कमजोर हुंदा वाहिरी हस्तक्षेप बढेको प्रष्ट रुपमा देखिएको बताए ।

एमालेको नेतृत्व यो देशका लागि अनिवार्य रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी भिभिन्न परीक्षणमा उत्तीर्ण हुँदै यहाँ सम्म आइपुगेको बताए । पार्टी दर्ताको मितिले गर्दा कुनै पनि पार्टी नयाँ पुरानो नहुने भन्दै उनले कस्तो विचार बोकेको छ त्यो विचार र योजनाले पार्टी नयाँ पुरानो हुने बताए । रुपान्तरणकारी दीर्घकालीन योजनाहरु लगायत विभिन्न बिषयमा र विद्यमान पार्टीहरु मध्ये राज्य संचालनका सन्दर्भमा नेकपा एमाले सक्षम पार्टी रहेको उनको दाबी छ । पार्टी प्रचार र प्रकाशनको कामलाई व्यवस्थित गरेर लैजानुपर्ने भन्दै ज्ञवालीले न्यु मिडियाको प्रभाव र दुष्प्रभाव त्यत्तिकै रहेकाले यसको उपयोगमा ध्यान पुर्याउनुपर्ने धारण राखे ।

प्रचार तथा प्रकाशन विभागको बैठकमा आगामी कार्ययोजना, पार्टीको मुखपत्र, प्रचार कार्यमा न्यु मिडियाको प्रयोग लगायतको बिषयमा छलफल र आवश्यक निर्णय गरिएको प्रचार विभाग कर्णालीका सदस्य तथा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए ।

बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै एमाले केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको विचार र नेतृत्वको रक्षामा बलियो संग उभिन निर्देशन दिए । एमाले र एमालेको सक्षम नेतृत्वप्रति डर त्रास भएका कारण भिभिन्न शक्तिहरु आक्रमणमा उत्रिएको उनको भनाइ छ ।

पार्टिका केन्द्रीय प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले संचार क्षेत्रको उपयोगमा जोड दिदै संचारमा लगानी बढाउनुपर्ने बताए । उनले कर्णाली प्रदेश प्रचार कमिटिलाइ कार्यान्वयन हुने योजना बनाउन आग्रह गरे ।

एमाले स्थायी कमिटी सदस्यहरु यामलाल कंडेल, गोरख बहादुर बोगटी, एमाले कर्णालीका अध्यक्ष बिनोद कुमार शाहले प्रचार विभागको कार्ययोजना अनुसारका गतिविधी संचालनका लागि सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रेस चौत्रारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रचारको कामलाइ प्रभावकारी बनाउन पार्टी र प्रेस चौतारिका विचमा आवश्यक समन्वय हुनुपर्ने बताए ।

प्रचार विभाग कर्णालीका अध्यक्ष सुर्यमणी गौतमले एमालेलाइ बलियो बनाउनका लागि प्रचार विभागको कामलाइ स्तरिय गराइने बताए ।

बैठकमा निरज आचार्यले प्रचार विभागको खाका प्रस्तुत गरेका थिए भने प्रविधिको प्रयोग बारे तेज प्रकाश जिसी, आम संचार र सामाजिक संजाल प्रयोग सम्बन्धमा गगन बिष्ट, पत्रकार महासंघमा प्रेस चौतारीको अवस्था बारे नवराज महताराले आफ्नो प्रस्तुती राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?