Butwal Today

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

२७ असार २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो। प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट पीडित दाहालका ६९ वर्षको उमेरमा निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले पुष्टि गरे।

उनलाई स्वास्थ्यमा समस्या आएपछि आजै बिहान अस्पताल भर्ना गरिएको थियो।

दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवार नर्भिक पुगेको छ।