Butwal Today

पाँच जना विदेशी यात्रु सवार मनाङ एअरको हेलिकप्टर सम्पर्कबिहीन

२६ असार २०८०, मंगलवार
अ+
अ-

बुटवल।

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार थिए। हेलिकोप्टरका पाइलट नेपाली थिए। उनको विवरण खुलिसकेको छैन।

सिटौलाका अनुसार सोलुखुम्बुको लुक्लाबाट बिहान १० बजे उडेको हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?