ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

किसानको कर्मसँगै हरायो संस्कृति

२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार
पाल्पा, २६ असार ।
पाल्पाको माथागढी गाउँपालिका बहादुरपुरका ७० वर्षीय कृषक लाल बहादुर सुर्यवशी खेतमा धान रोप्दा होस या बारीमा कोदो रोप्दा, सुरिलो भाकामा गित गाउने व्यक्ति हुन् । विगत केही वर्ष यता आफुले जस्तो गरी गित गाएर रोपाई गरेको देखेका नै छैनन् ।आफु जस्तै गित गाउने पनि छैनन् । त्यसैगरी गाउँमा परिश्रम गरेर खेती लगाउने चलनै लोप भएको उनको बुझाई छ ।
खेती लगाउने समयमा एक आपसमा वरिम, परिम गरेर काम गर्ने, बारीमा कोदो रोप्दा होस् या खेतमा धान रोप्दा, असारे गितले गाउँवेशी नै गुन्जायमान हुन्थ्यो । यस्ता पुराना चलनहरु सबै हराउँदै गए । आजभोलि त्यसरी नै रोपाई हुँदैन । भए पनि गित गाउने नै छैनन् । पहिला पहिला हल गोरु, खेताला सबै अरिम परिम हुन्थ्यो । गाउँमा बाक्लो बस्ती हुन्थ्यो । एकपछि अर्को गरी मेला पात हुन्थ्यो । यस्तो प्रचलन हराउँदै गएको रहवासका इन्द्र सुनारी बताउँछन् ।
जिल्लाको सबै भन्दा ठुलो अन्नको भण्डार मानिने माडी फाँट हो । यहाँ धान रोपाई गर्दा हल गोरु होस् या खेताला होस्, ज्याला भन्ने थिएन । एक आपसमा सहयोग भन्ने थियो । जब असार लाग्दछ माथिबाट झरेका खेतालाले असारे गितको भाकामा रोपाई गर्दाको दृश्य नै फरक हुन्थ्यो । खेती लगाउनका लागि पनि त्यति ठुलो आर्थिक बोझ नै हुँदन थियो । पछिल्लो पुस्तामा कृषिमा आधुकिनीकरण बढ्दै  जानु र अन्य पेशा तथा व्यवसायतर्फ लागेपछि यस्ता पुराना सभ्यता र संस्कृति नै लोप भएको पुराना पुस्ताको बुझाई रहेको छ ।
कसेनीका डिलबहादुर दर्लामी पनि पहिले पहिले र अहिलेको समयमा खेती लगाउने चलन नै फरक भयो । पहिले पहिले एक आपसमा सहयोग तथा अरिम परिम, आँखाले देख्दा सम्म रोप्ने मेलो सक्ने भन्ने हुन्थ्यो । असारे गित गाउँदै हिलो छयाप्पा छयाप्प गर्दा काम गर्दा दिन बितेको पत्तै हुँदैनथ्यो । त्यो समयमा त्यस्तो रमाइलो हुन्थ्यो तर यो समयमा त्यस्ता दिनहरु कथा जस्तै भएको उनी सम्झान्छन् । पहिले पहिले गाउँघर नै रमाइलो हुन्थ्यो । गाउँमा सबै काम गर्ने हुन्थे । असारको समयमा घरमा मानिस भेट्न कठिन हुन्थ्यो । अहिले त विकासको क्रमसँै समय पनि परिवर्तन भयो । अहिले त नयाँ पुस्ताले हिलो माटो छुन हँुदैन भन्ने छ । त्यसैगरी गाउँ घरहरु रित्तिदै गयो । गाउँमा बस्नेको सख्या अन्त्यन्त कम भयो । त्यसैको असर परेको दमकडाका पुराना पुस्ताका दुर्गा प्रसाद अर्याल बताउँछन् ।
एक आपसमा सहयोगसँगै परिमो गरेर खेती लगाउने प्रचलन अत्यन्त पुरानो हो  । जब गाउँमा जिमुवाल, मुखियाको दवदवा थियो । त्यतिबेला गाउँका सबै भएर तिनीहरुको खेती लगाइ दिनु पथ्र्यो । त्यसैबाट सुरु भएको हो यस्तो परम्पराको । यसको महत्व नै ठूलो छ । यसले अर्थ र श्रमसँग अत्यन्तै निकट सम्बन्ध राखेको छ । सहयोगको बदलामा सहयोग नै हो भनेर बुझ्न सकिन्छ । यो त सामाजिक सम्बन्धको मापन नै भएको पुराना किसान तथा पुर्व जन प्रतिनिधि हरि सुमर रेग्मीको बुझाई रहेको छ ।
धान, कोदो रोप्दा होस् या वाली स्याहार्ने समयमा परिवारका सदस्यले मात्र सम्भव हुँदैन । यस्तो अवस्थामा एक अर्काको काममा सघाउ गर्ने हो । यसले गर्दा कम लागतमा छिटो काम सकिनु हो । यसरी रोपाई गर्दा पञ्चेबाजा बजाउने चलन थियो । धान खेतबाट लैजाँदा पनि बेग्लै रमाइलो हुन्थ्यो । डम्फु, मादल बजाउने चलन थियो । त्यसले हाम्रो कला तथा संस्कृतिको जगेर्ना गरेको थियो । तर आजभोलि कृषिमा भित्रिएको यान्त्रिकरणले पनि हाम्रा पुराना रीतिरिवाजहरु हराउँदै गएको जानकारहरु बताउँछन् ।
यस्तो कार्य पहाडी जिल्लामा मात्र हुन्छ । यो एउटा समाजको सभ्यता पनि थियो । यसले हाम्रो पहिचान सम्म बनाएको थियो । पछिल्लो समयमा यसको पहिचान हराउनु मुख्य कारण बसाई सराई हो । यसपछि पछिल्लो समयमा जनसंख्या पनि कम हँदै जानु हो । जिल्लाको जनसख्या प्रत्येक वर्ष कम हँुदै गएको छ । त्यसैको प्रभाव भएको स्थानीयहरुको बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?