ट्रेंडिंग:

>> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान
सम्पादकीय

विश्व जनसंख्या दिवस, जनसंख्या बृद्धि नियन्त्रणमा चुनौति

२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

आज विश्व जनसंख्या दिवस । विश्व जनसंख्या दिवस मंगलवार विश्वभरी विविध कार्यक्रम गरि मनाईदैछ । पछिल्लोसमय जनसंख्या बृद्धि चुनौतिका रूपमा देखापर्दैछ । नेपालले समेत जनसंख्या बृद्धिको चुनौति सामना गर्नुपर्ने अवस्था देखापरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले चार महिना अघि जारी गरेको तथ्याँक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । पछिल्लो दसकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।

यो जनसंख्या बृद्धिदर त्यतिधेरै चुनौतिको बिषय त होइन तर जनसंख्या बृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकोले नियन्त्रणमा ध्यान दिनु जरुरी छ । त्यसमाथि लुम्बिनी प्रदेश नेपालमा तेश्रो धेरै जनसंख्या हुने प्रदेश बनेको छ । जनगणना अनुसार लुम्बिनी प्रदेशमा नेपालको १७.५६ प्रतिशत जनसंख्या रहेको छ । प्रदेशको जनसंख्या ५१ लख २२ हजार ७८ पुगेको जनगणनाको नतिजाले देखाएको छ । लुम्बिनी प्रदेशमा एक दशकमा ६ लाख २२ हजार ८०६ जनसंख्या थपिएको छ ।

यही रफ्तारमा जनसंख्या बृद्धि हुँदै जाने हो भने नेपालका लागि पनि जनसंख्या बृद्धि चुनौति हुनेछ । पछिल्लोसमय विश्वका बढी जनसंख्या भएका चीन, भारत र रुसले जनसंख्या बृद्धि नियन्त्रणका भिन्न शैली अपनाईरहेका छन । ती देशहरूले जनसंख्या नियन्त्रणका लागि देश अनुसारको योजना र कार्यक्रमलाई कार्यान्वयन तहमा लगेका छन । निश्चित रूपमा विश्व जनसंख्या बृद्धिको मारमा थिचिएको छ । जनसंख्या बृद्धिले पु¥याउने असरका विषयमा अहिलेदेखि नै सचेत हुन सकिएन भने त्यसले आगामी भविष्यमा निम्त्याउने समस्याको अन्दाज गर्न सकिदैन । त्यसकारण विश्वले जसरी जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने गर्दछ । त्यो दिवसलाई सार्थक वनाउन जनसंख्या नियन्त्रणका सवालमा एक कदम अघि बढेर सोच्नु जरुरी भएको छ ।

पछिल्लोसमय बसाईसराई जनसंख्या बृद्धिको चुनौतिका रूपमा देखापरेको छ । जसका कारण तराईका शहर र समथर भू–भाग जनसंख्या बृद्धिको तीव्रमारमा परेका छन । जहाँ बस्ती बाक्लो छ, ती क्षेत्रमा जनसंख्या बृद्धि दिन दुगुना रात चौगुनाका दरले बढिरहेको छ । अर्कोतर्फ परिवार नियोजनका साधनको प्रयोगमा देखिएको बेवास्तापनि त्यसको एक कारण हो भन्दा अत्युक्ति नहोला । पछिल्लोसमय परिवार नियोजन गर्नेहरूको संख्या तीव्ररूपमा घटिरहेको छ । पछिल्ला वर्षमा नेपालले प्रसूतिजन्य मृत्युदर घटाउन, तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति गराउन, प्रजनन दर, परिवार नियोजनको साधनको पहुँच तथा उपलब्धताका क्षेत्रमा सुधार गरेको छ तर ती क्षेत्रमा दुई वर्षयताका सूचाङ्कमा उल्लेखनीय सुधार देखिँदैन । नेपालले सुरक्षित मातृत्व रणनीति, प्रजनन स्वास्थ्य रणनीति, सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएको छ ।

तर त्यसले मात्रै जनसंख्या चुनौति समाधान हुन सक्दैन । अझै पनि नेपाल बालविवाह हुने देशभित्र पर्दछ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार ३७ प्रतिशत किशोरीको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । पन्ध्रदेखि १९ वर्ष उमेर समूहका एक चौथाई विवाहिता महिलाले चाहेर पनि परिवार नियोजनका साधन पाइरहेका छैनन् । परिवार नियोजनका साधनको प्रयोगमा समेत रुची कम हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन । जसका कारण जनसंख्या बृद्धि हुनुको अर्को एक कारण रहेको देखिएको छ ।

यो दिवसले कम्तीमा पनि जनसंख्या बृद्धिबाट व्यक्ति, परिवार र समाजलाई पर्ने असरका विषयमा गंभीर ढंगले बहस गर्नु जरुरी छ । जनसंख्या बृद्धि चुनौतिमात्र होइन यो भावी पिँढीको भविष्यका लागि पनि उत्ति नै खतराको रूपमा रहेको छ । जनसंख्या बढ्दै जाने तर सोही मात्रामा विश्वको भू–भाग नबढ्ने प्रकृतिको नियम नै हो । तसर्थ यही रफ्तारमा जनसंख्या बृद्धिको भार विश्वले कतिसम्म थेग्न सक्छ ? प्रश्न उठ्नु स्वाभाविकै हो । अव जनसंख्या बृद्धि नियन्त्रण गर्न नेपाल सरकारले समेत दिर्घकालीन कार्ययोजना बनाउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?