Butwal Today

विद्यालयलाई तिलोत्तमा नगरको निर्देशनः छात्रवृत्ति र शुल्क विवरण पेश गर्नु

२६ असार २०८०, मंगलवार
अ+
अ-

तिलोत्तमा ।

तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विद्यार्थीबाट उठाउने शुल्क विवरण पेस गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

पालिकाले मंगलबार पत्रमार्फत नगरभित्रका सामुदायिक विद्यालयलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिएबमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली र उठाइने शुल्क विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिएको हो । ऐनअनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति प्राप्त गर्छन् ।

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति विवरण गरी त्यस्तो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली तथा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म विद्यार्थीबाट उठाउने शुल्क विवरण मिति २०८०-०४-०५ गतेभित्र अनिवार्य रुपमा यस नगरपालिकामा पेस गर्नुहुन जानकारी गराइन्छ ।’

तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् । तिलोत्तमा कक्षा १२ सम्म अहिले करिब ४४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।