ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो
भिडियो समाचार

चोरीका साधन पक्रन विशेष टोली : एक महिनामा १४ मोटरसाईकलसहित १२ जना पक्राउ

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

बुटवल, २५ असार ।

रुपन्देही जिल्ला आसपासबाट मोटरसाईकल चोरीका घटना बढेको गुनासोसंगै प्रहरीले विशेष अपरेसन संचालन गरी एक महिनामा सफलता हात पारेको छ । एक महिनामा चोरी भएका १४ थान मोटरसाइकलसहित १२ जना अभियुक्त पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्तसहित मोटरसाईकलहरु सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा अत्यधिक मोटरसाईकल चोरीका घटना भएको बताए । एक महिनाअघिबाट विशेष टोली खटाएर अभियान चलाउँदा सफलता हात लागेको उनले बताए ।

‘पक्राउ पर्नेमध्ये ६ जना एउटै गिरोहका छन्’—उनले भने । बाँकी २/३ जनाको समूहमा काम गर्ने रहेको उनले बताए । उनीहरुले सवारी साधनको रेकी गर्ने, मिलेर चोर्ने, चोरीको साधन लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाडेर गरेको उनले दाबी गरे । अझै पनि चोरीको धेरै सवारी साधन नभेटिएको भन्दै उनले अनुसन्धान जारी हुदा ठुलै समूह बाँकी रहेको बताए । चोरीका सवारी साधनहरु गुल्मी, स्याङ्जा, बागलुङ, काठमाडौसम्म पुगेको हुदा सहकार्य गरी फिर्ता ल्याउन सफल भएको उनले बताए । पक्राउ परेका ब्यक्ति उपर सवारी साधन चोरी कसुरमा मुद्दा दर्ता भएर आवश्यक कानुनी प्रक्रिया अघि बढेको उनले बताए ।

पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका वडा नं. ३, ज्योतीनगरका १९ वर्षीय तरुन राना, नवलपरासी रामग्रामका ४३ वर्षीय सुनिल कुमार चौधरी, २० वर्षीय करण थारु, गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ का २६ वर्षीय सरोज थापा, २६ वर्षीय दिपक रेगामी मगर, तिलोत्तमा–६ का २४ वर्षीय दिपेश थापा, २५ वर्षीय हितेश राना, बाग्लुङ वरेङ गापा वडा नं. ५ का १९ वर्षीय आशिष सामत, २० वर्षीय दिपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री, तिलोत्तमा नगरपालिका वडा नं. ४ का १८ वर्षीय आकाश नेपालीलाई सार्वजनिक गरेको हो । चोरी भएका साधनमा बढी बजाज पल्सरसहित सुपर स्प्लेडर र यमाहाका समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?