ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘वान एक्स बेट’मा कलाकारसहित ११ जनाविरुद्ध मुद्दा दर्ता

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

काठमाडौँ ।

अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका ११ जना कलाकारविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ।

यो प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्कासहित ११ जनाविरुद्धको मुद्दा अदालतमा पुगेको हो।

अनलाइन जुवा प्रकरणमा खड्काकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ माइती भई लम्कीचुहा-१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलाइएको छ।

खड्कासहितका केही व्यक्ति वान एक्स बेटको एजेन्ट भएर कारोबार गरे गराएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।

युट्युबर र कलाकारहरुले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ।

उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ।

यस्तै दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।

दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।

यस्तै उनीहरुसहित ११ जनालाई नै विज्ञापन नियमन ऐन अनुसार पनि सजाय गर्न माग गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार यस अभियोगमा कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना र ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

विज्ञापन नियमन ऐन २०७६ अनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सट्टाबाजीको कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

अभियुक्तहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु हुनेछ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि उनीहरुलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ।

अरु को कोविरुद्ध मुद्दा?
प्रहरीले जेठ ३१ र ३२ गते दुई पटक अनलाइन जुवा प्रकरणमा यसका एजेन्ट र कयौँ कलाकारलाई पक्राउ गरेको थियो।

पक्राउ परेकाध्ये रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने  युट्युबर २४ वर्षीय जलन घर्तीमगर, उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई, मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटाविरुद्ध पनि मुद्दा चलाइएको छ।

त्यसैगरी जेठ ३२ गते पक्राउ परेका कलाकारहरुविरुद्ध पनि मुद्दा चलाइएको छ।

जसमध्ये प्युठान घर भई हाल काठमाडौंको कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली, गोरखा घर भई हाल काठमाडौंको बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, स्याङ्जा घर भई काठमाडौं नयाँ बजार बस्ने राजु पौडेल, धनकुटा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २९ वर्षीय रोशन खतिवडा, मोरङ घर भई हाल भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे र मोरङको विराटनगर महानगरपालिका ४ का २४ वर्षीय कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता भएको हो।

यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन्। पोखरेल भने हाल फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?