ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मुस्लिम धर्मगुरुलाई खुशहाल परिवार सम्बन्धी अभिमुखीकण

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

चन्द्राैटा(कपिलवस्तु), २५ असार ।

कपिलवस्तुको कृष्णनगरमा खुशहाल परिवार सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायका धर्मगुरुहरुको लागि खुशहाल परिवार सम्बन्धीे अभिमुखीकरण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

आइतबार कृष्णनगर २ मा अवस्थित आईसा गल्र्स कलेज झण्डानगरमा खुशहाल परिवार सम्बन्धी अभिमूखीकण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । खुशहाल परिवार सम्बन्धी अभिमूखीकण गरिएको आयोजक स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अल्कुफी मुस्लिम धर्मावलम्बीहरुको पवित्र पुस्तिकको जिकिर गर्दै बच्चाहरुलाई स्वास्थ्य र पोषित राख्न बच्चालाई २ वर्षसम्म आमाको दुध खुवाई मात्र अर्को बच्चा पाउने तैयारी आवश्यक रहेको बताए ।

उनले भने, “हाम्रो कुरानमा पनि उल्लेख छ । जन्म भएको बच्चालाई २ वर्ष आमाको दुध खुवाउने अधिकार रहेको छ । बच्चाहरुलाई स्वास्थ्य र पोषित राख्नुपर्छ । बच्चालाई २ वर्षसम्म आमाको दुध खुवाई मात्र अर्को बच्चा पाउने तयारी गर्नुपर्छ” । उनले सबै मुस्लिम समुदायलाई खुसहाल परिवार बारे आवश्यक पहल गर्ने बताए ।

यस्तै लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले बच्चा र आमालाई स्वास्थ्य राख्नका लागि कम्तिमा २ वर्षको मध्यान्तर अनिवार्य रुपमा राख्नु पर्ने बताए । उनले जन्मान्तर कम हुँदा अर्को नवजात शिशुलाई पोषण तत्वको कमी हुँदा आमाको दुधबाट पाउने आवश्यक तत्व नपाउँदा कमजोर वा कुपोषित हुने सम्भावना बढी हुने गरेको बताउँदै सबैले जन्मान्तरलाई ध्यान दिन जरुरी रहेको जनाए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षय तथा कुष्ठ रोग सुपरभाइजर मोहम्मद इरफानले खुसहाल परिवार बनाउनलाई अपनाउनु पर्ने जीवन शैली माथि प्रकाश पार्दै परिवारलाई खुसी बनाउने बारे चर्चा परिचर्चा गरेका थिए । यस्तै जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका परिवार नियोजना सुपरभाइजर प्रभास पन्थी खुसहाल परिवारको बारेमा अभिमुखीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?