Butwal Today

बालुवाटार जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत विमानस्थलबाट पक्राउ

२४ असार २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।

बहुचर्चित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विराटनगरतर्फ जाँदै गरेका राउतलाई सीआईबीले पक्राउ गरेको हो।

राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ।

केही महिनाको बीचमा सरकारको उच्च तहका कर्मचारी पक्राउ परेको यो दोस्रो पटक हो। यसअघि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरेका थिए।