Butwal Today
(भिडियो समाचार)

चर्चित भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छः सांसद केसी

२४ असार २०८०, आइतबार
अ+
अ-

काठमाण्डौ,२४ असार ।  नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन ।

आगामी बैठक बस्नु अगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने उनको सुभाव दिए । विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभइ जानकारीका लागि पनि अहिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको उनले बताए ।

समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदको समितिको अपमान भएको दाबीसमेत गरे । उनले भने, ‘चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ । मैले त भनिरहेको छु । एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने प¥यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ ।’

प्रत्येक मान्य सदस्यले त्यो थाहा पाउनुपर्ने भन्दै एकपटक टुंगिसकेको कुरा केही नहुने बताए । संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको भन्दै सांसद केसीले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए ।