Butwal Today

घुस सेटिङ प्रकरणप्रति नागरिक समाज दाङको ध्यानाकर्षण

२४ असार २०८०, आइतबार
अ+
अ-

दाङ, २४ असार ।

नागरिक समाज दाङले राप्ती नदीमा प्रगन्ना सिचाइँ कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मलाई लाखौं रकम घुस दिएको गम्भीर आरोप सार्वजनिक भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिताका बारेमा नागरिक समाजले पटक पटक स्थानीय प्रशासनलाई ध्यानााकर्षण गराउँदै आउँदा पनि यस किसिमको घटना हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ ।

जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन नै यसप्रकारका घटनाको आरोपित भएकोले भ्रष्टाचार सम्वन्धी अनुसन्धान गर्ने राज्यका अन्य निकाय समेतले घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न नागरिक समाज दाङले आग्रह गरेको छ ।

“जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिताका बारेमा नागरिक समाजले पटक पटक स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउँदै आउँदा पनि यस किसिमको घटना हुन दुर्भाग्यपूर्ण छ”, विज्ञप्तिमा भनिएको छ, “जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन नै यो घटनामा आरोपित भएकोले भ्रष्टाचार सम्वन्धी अनुसन्धान गर्ने राज्यका अन्य निकाय समेतले यो घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न नागरिक समाज दाङ आग्रह गर्दछ ।”