Butwal Today

नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ

२४ असार २०८०, आइतबार
अ+
अ-

बुटवल, २४ असार ।

बुटवलमा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार पक्राउ परेका हुन् ।

परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले दाबी गरे ।