ट्रेंडिंग:

>> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

प्रशासन कार्यालयमा राष्ट्रिय बाणिज्य बैङ्कको काउण्टर

२१ असार २०८०, बिहीबार
२१ असार २०८०, बिहीबार

कपिलवस्तु, २१ असार    सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय बाणिज्य बैङ्कको एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको छ । सेवाग्राहीलाई राजश्व सम्बन्धि सम्पुर्ण सेवा प्रवाह गर्ने उद्धेश्यले राहदानी फाँट रहेको भवनमा काउण्टर सञ्चालनमा ल्याईएको हो । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले संयुक्त रुपमा रिबन काटेर काउण्टरको उदघाटन गरे । काउण्टर सञ्चालनले राहदानीको राजश्व दाखिला, गैरसरकारी संघ संस्थाको राजश्व रकम दाखिला, हातहतियारको नविकरणको राजश्व दाखिला गर्ने कार्य सहज हुने सहायक प्रजिअ अनिल कुमार पौडेलले बताए ।

देशभर २ सय ७२ शाखा रहेको राष्ट्रिय बाणिज्य बैङ्कले ६५ औं एक्सटेन्सन काउण्टरको रुपमा सो काउण्टर सञ्चालनमा ल्याएको हो । बिभिन्न राहदानी सहितको सेवाको राजश्व, बजार अनुगमनको क्रममा उठाउनु पर्ने जरिवाना, नापि र मालपोत कार्यालयको राजश्व भुक्तानीमा समेत काउण्टर स्थापनाले सहयोग गर्ने बिश्वास लिइएको छ । प्रजिअ नेतृत्वको टोलीले प्रशासन कार्यालयबाट दिने सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाको दिन सेवा दिने, सेवाग्राहीको चाप हुदाँ बिहानी र बेलुकी सेवा प्रवाह सहितका नौलो काम गरेर सेवाग्राहीलाई राहत दिएको ऐमालेका महाराजगंज नगर अध्यक्ष निजाम खाँले बताए । काउण्टर सञ्चालनले बित्तिय सुशासन र आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्ने कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख भिमार्जुन ज्ञवालीले बताए ।

सेवाग्राहीलाई एकिकृत सेवा प्रवाह गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालयमा बैङ्कको एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याईएको कपिलवस्तुका प्रजिअ शंकरहरी आचार्यले जानकारी दिए । प्रशासनमा सेवाग्राहीको सहजताका लागि सेवा प्रवाह चुस्त दुरुस्त बनाउन प्रयास गर्दै आएको र हुलाक टिकटको सेवा र बैङ्कको काउण्टर राख्ने कार्य पुरा गरिएको प्रजिअ आचार्यले प्रष्ट्याए ।

प्रजिअ आचार्यले जिल्ला आए पछि सेवा प्रवाहमा सुधार गरेर प्रशासनको सेवाप्रवाह चुस्त र दुरुस्त बनाएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । “बिगतमा राहदानीको फारम भर्दा धेरै पैसा तिर्नु पर्ने गुनासो आउने गरेको थियो । सिडियो सापले प्रशासन भित्र बाटै निशुल्क अनलाईन फारक भर्ने व्यवस्था गर्दा सर्वसाधारणलाई राहत पुगेको छ ।” नगर प्रमुख पौडेलले भने । तत्कालका लागि राजश्व सम्बन्धि सम्पुर्ण कार्य गरिने र आगामी दिनमा बैङ्किगं सिस्टम ल्याएर बैङ्कबाट दिईने सेवा प्रवाह गरिने राष्ट्रिय बाणिज्य बैङ्क तौलिहवा शाखाका प्रबन्धक अर्जुनराज काफ्लेले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैङ्कको कपिलवस्तु जिल्लाको तौलिहवा, जितपुर र चन्द्रौटा ३ वटा शाखा छन । त्यसै गरि बुद्धभुमी नगरपालिकामा मात्रै एक्टेन्सन काउण्टर रहेकोमा अब काउण्टरको संख्या २ वटा पुगेको छ । प्रशासन कार्यालयमा शुरु भएको काउण्टरबाट बार्षिक २० हजार बढि सेवाग्राहीले सेवा लिने अनुमान गरिएको छ । काउण्टरले शनिबार बाहेकको सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?