ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

राणा, राजा र गणतन्त्र : कहाँ छैन भ्रष्टाचार ?

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

सर्बप्रथमत : विकास भनेको के हो ? भन्ने कुराको प्रतीत हनु नितान्त आवश्यक छ । देश, संस्था आदिको विकासको गति बृद्धि, भौतिकरुपमा हुने निर्माणको कार्य हो । विकास भन्नाले निरन्तर चलिरहने प्रक्रिया पनि हो । जनताहरु बाटो, पानी, बिद्यालय आदिको विकास कार्यमा जुट्नु भन्ने पनि जनाउँछ । विकास र वित्तबीच अन्योन्याश्रित सम्वन्ध छ ।

कुनै वस्तु भवन आदिको निर्माण तथा विकासका लागि आवश्यक हुने सामाग्री, उपकरण र सुविधालाई पनि मान्न सकिन्छ । भ्रष्ट्राचार भन्नाले बिग्रेको वा पतित आचरण, दूषित व्यवहार अनुचित ढंगबाट आर्थिक हिनामिना गर्ने काम, अख्तियार दुरुपयोग गरी आफू वा अन्यलाई फाईदा हुने गरी गरिने गतिविधि, घुसखोरी आदिलाई जनाउँदछ । भ्रष्ट आचरण भएका व्यक्ति, चारित्रिक र नैतिक दृष्टिले पतित भ्रष्ट आदि हुन् । भ्रष्टाचार गर्ने व्यक्ति, आर्थिक हिनामिना गर्ने व्यक्ति वा अख्तियारको दुरुपयोग गर्ने, घुसखोर पनि हो ।

क) भ्रष्टाचारको पृष्ठभूमि :  भ्रष्टाचारको सुरुवात एशिया महादेश लगायत अन्य अर्धविकसित राष्ट्रहरुबाट भएको पाईन्छ । नेपालको सन्दर्भमा भ्रष्टाचार सदियौंदेखि हुदै आईरहेको भन्ने कुराको आभास हुन्छ र प्राचीनकालमा केही राजा महाराजाहरु पनि यसबाट अछुतो हुन सकेनन् । त्यतिबेला जनताहरु उनीहरुले जे भन्यो त्यसलाई नै अनुशरण गर्नुपर्दथ्र्यो ।

राणा शासनमा राणाहरुले आफू खुशी सम्पत्ति कमाउन जनतामाथि शोषण र अन्याय अत्याचार गर्ने गराउने गर्दथे । त्यसबेलाका हुक्के नै राणाका बिचौलिया भएर कार्य गर्दथे । त्यसबेलाको हुकुमी शासनले जनता चुगरे र बोल्न सक्दनथे । राणा शासनको बिरोधमा कुनै पनि व्यक्ति बोल्यो कि उसले ज्यानको बाजी अर्थात् मृत्यु शैयामा जानुपर्दथ्यो । जनताहरुबाट उपार्जन गरेका तिरो वा रकमहरु राणाकै स्वामित्वमा दाखिल हुन्थे । हुँदाहुँदा आर्थिक अनियमितता चरम सीमामा पुग्यो । तर, केही उदारवादी राणा शासकहरु पनि थिए ।

जसको परिणाम स्वरुप चन्द्र हस्पिटल, दरबार हाईस्कूल र ठूला–ठूला महलहरु निर्माण गरी दिए । भनिन्छ कि त्यसबेला बनेका स्मारकहरु अद्यावधि छन् । सिंहदरबारमा करिव १२०० भन्दा बढि कोठाहरु बनाईएको थियो । कीर्तिनीधि बिष्ट प्रधानमन्त्री भएको समयमा दुःखद रुपमा त्यो भवनको आगलागी भएर क्षतविक्षित भयो र केही हिस्सा अवशेषको रुपमा रहन गयो । यावत कुराले के जनाउँछ भने भ्रष्टाचार कै कारणले उक्त दुर्घटना भएको थियो । त्यसबेलाका दुर्गन्धित भ्रष्टाचारको फाईलहरु जलाएर नष्ट गरिए । जसका परिणामस्वरुप नैतिकताको कारणबाट तत्कालिन समयका प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए । यो पनि एउटा सुन्दर पक्ष हो ।

पञ्चायतकालमा मन्त्रीमण्डल देश र जनताहरुप्रति बफादार र राजाप्रति जवाफदेही थिए । राजादेखि सम्पूर्ण मन्त्रीमण्डल थरथर काप्थे र एउटा अनुशासनका पालना हुन्थ्यो । हामीले तीतो यथार्थतालाई अभिव्यक्त गर्नु डराउनु हुँदैन । बहुदल वा लोकतान्त्रिक पद्धति आएको झण्डै पञ्चायतले शासन गरेकोभन्दा बढि शासन गरेका छन् । तर विकास जति हुनपर्ने हो त्यति भएको छैन । यहाँ त नेताले कार्यकर्तालाई पाल्ने अनि विध्वंश मच्चाउने । त्यसबेला यस्तो आर्थिक भार पर्दैनन्यो । अहिले त चुनाव यति खर्चिलो भयो कि त्यो सम्हाल्न नसकिने भयो । मन्त्रीमण्डलमा सम्बन्धित मन्त्रीले भ्रष्टाचार गर्दा संसद र प्र.म. मुखदर्शक भएर बस्दछन् । आज जनता दिग्भ्रमित भएका छन् ।

ख) भ्रष्ट्राचारप्रति जनताको दृष्टिकोण : भ्रष्टाचारदेखि नेपाली जनता आजित भएका छन् । म एक स्वाधिन राष्ट्रको रखवार भएको नाताले के भन्न चाहन्छु भने नेपाली जनताले तिरेको महसुल उचित वा समुचित मात्रामा लागू भएको छ कि छैन त्यसको अनुगमन गर्ने बेला आएको छ । आज जे जति नेताहरुको सम्पत्ति छ त्यसको परिमेय गर्नुपर्दछ । यसको जवाफदेही अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र महालेखा परीक्षक हुनुपर्दछ । यति सानो राष्ट्रका हामी गरीब र पीडित जनताले दुःखपूर्वक कमाएको सम्पत्ति माथि गिद्धेनजर लगाउँछ ।

सरकारले हामी रुपन्देही जिल्लामा बसेका नागरिकले के कति दुःखको अनुभुति गरेका छौ । राष्ट्रबाट अहिले पञ्चायतकालमा स्थापना गरिएका कलकारखाना गुन्द्रुकको भाउमा बिचौलियालाई सुम्पियो । शोषित पीडित जनसमुदायले कुनै प्रकारको राज्यबाट सुविधाको उपभोग गर्न पाएका छैनन् । विकास र निर्माणका कामहरु भएनन् । राष्ट्रको ढुकुटी सारा नेता र केही कार्यकर्ताले उपयोग गरे । त्यसमा घाम जत्तिकै छलङ्ग छ ।

ग) घुसखोरीको अनियमितता :  नेपाल सरकारले अत्यधिक मात्रामा भएको अरबको साँठगाठलाई पुर्नमूल्याङ्कन गर्न सकेको छैन । साना व्यापारीहरुलाई भन्सारमा चर्को महसुल लिने गरिन्छ भने भन्सारमा बडे –बडे व्यापारीलाई प्रलोभनको आधारमा छुट दिईन्छ । नेपालका जे जति भन्सारका नाकाहरु छन् ती सबै तल्ला तहदेखि माथिल्ला तहसम्म पारितोषिकको रुपमा अंश लगाईन्छ । यो भन्दा बिडम्बनाको कुरा के हुन सक्छ । बिदेशीसंग साँठगाँठ गरेर यहाँका क्षमताशील र सक्षम ठेकेदारलाई परित्याग गरिन्छ । त्यहाँ पनि बिचौलियाको खेल हुन्छ । अहिले त राजनीतिलाई सेवाको भावनाले ओतप्रोत भएको छैन कि अर्थ उपार्जन गर्ने माध्यमको रुपमा इंगित गरिन्छ । पार्टीले निर्वाचनमा उठ्ने उम्मेदबारको छनौटमा पनि कसले बढि आर्थिक लाभ प्रदान गर्न सक्छ त्यसलाई नै टिकट दिईन्छ । यस्तो भएपछि के देशले बिकासको फड्को मार्छ ?

घ) साँस्कृतिक र सामाजिक भ्रष्टाचार : साँस्कृतिक र सामाजिक भ्रष्टाचार भन्नाले समाजमा देखापरेका बिकृति र बिसंगतिलाई जनाउँछ । हाम्रो समाजमा बिदेशी सँस्कृतिको कुप्रभाव परेको छ । हाम्रा कला संस्कृति दिनानुदिन बिदेशिएका छन । बिदेशी मित्रहरुको आगमन नेपाल सम्पन्नशाली भएर होइन । यहाँको मनोरम दृश्य, प्राकृतिक छटा र यहाँको बोली बचन रहनसहनलाई देखेर नै हो ।

यहाँको पूर्वजहरुले आफ्नो बाहुबलले भ्याएसम्म कला संस्कृतिको जगेर्ना गरे । तर आज आएर युवा र जनशक्ति बिदेशीको नक्कल गरेर बिदेश पलायन भएका छन । यसमा सरकारको भ्रष्टाचारको कुटिल चालले गर्दा नै हो । हामीले आफ्नोपनको नैतिक शिक्षालाई परित्याग गरेर बाहिरी तर्फको हावभावलाई अनुशरण गरिएको छ । यो पनि सांस्कृतिक र सामाजिक भ्रष्टाचार हो ।

ङ) बिचौलियाको बढदो प्रभाव :  नेपाल जस्तो सानो र अबिकसित मुलुकले कुनै पनि घरायसी कामदेखि सरकारी र अन्य क्षेत्रको कार्य गर्न गराउन बिचौलियाको साथ लिनपर्दछ । स्वास्थ्य जस्तो सेवामूलक ठाउँमा भ्रष्टाचार हुनु त्यस्तै अफिस कर कार्यालय आदिमा उनीहरुको चलखेल बढी छ । जति पनि सरकार आए ती सबैमा बिचौलियाको प्रभाव परेको हुन्छ ।

यिनीहरु बेगर कुनै पनि कुराको समाधान हुन सक्दैन । सरकारले बिना लगानीको संस्कार र थीति बसाल्न सकेको छैन । जनताले दुःखको पिडा बोकीरहेका छन् । एउटा नागरिकता बनाउने ठाउँमा आर्थिक चलखेल हुन्छ । यो देश सतिले श्राप दिएको देश हो भनेर जनताले आफ्नो गुनासो पोखेका हुन्छन ।

च) शैक्षिक भ्रष्टाचार :  शिक्षा भनेको देखेर, सुनेर, पढेर, सिकेर वा अनुभव गरेर प्राप्त हुने ज्ञान वा सिप हो । बिद्यालय महाबिद्यालय, आदिबाट प्राप्त हुने ज्ञान शिक्षा हो । शिक्षकसंग सम्बन्धित शिक्षाका लागि उपयोगी शिक्षाको गतिबिधि शैक्षिक संस्था, शैक्षिक सामग्री, शैक्षिक भ्रमण, शैक्षिक सत्र र शैक्षिक बर्षसंग सरोकार राख्दछ । नेपालको शिक्षा क्षेत्रको कुरा गर्दा शिक्षाको स्तर एकदमै धरापमा परेको छ । यहाँको हावापानी, माटो, समाज र बिद्यार्थीको क्षमता अनुकूलको शिक्षा भएन ।

बिद्यार्थीलाई कस्तो शिक्षा दिदा उसले ग्रहण गर्छ त्यसप्रति ध्यान दिएको छैन । बिद्यालय अहिले बन्द ब्यापारको रुपमा अध्ययन अध्यापन गराईन्छ । जुन बिद्यार्थी शुल्क दिन सक्षम छ त्यस्तालाई मात्र बिशेष ग्राह्यता दिईन्छ । शिक्षा नीतिहरु सालसालै परिवर्तन गरिन्छ । राज्य सरकारले शिक्षा क्षेत्रमा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन ।

सम्पूर्ण शिक्षकहरु त नभनौ आंशिकरुपमा चारित्रिक अनुशासनबिहीन छन् । त्यस्तो भएपछि यस्तो बिकृति सनसनीपूर्ण राष्ट्रभरि तथा अन्तराष्ट्रिय जगतमा फैलिन्छ । आजको शिक्षक केवल पैसासंग बिद्यार्थीलाई परिमेय गरेर पढाउन थाल्छन । केही समय अगाडि बिद्यार्थीको घर घरमा शिक्षक गएर अनुगमन गरिन्थ्यो । जबसम्म स्कुलको संचालक समितिमा योग्य र सक्षम ब्यक्ति भएन भने त्यो बिद्यालय धरासायीमा परिणत हुन्छ । त्यस्तै प्रकारले स्कुल प्रमुख अर्थात प्रधानाध्यापक र शिक्षकहरुको पनि ठूलो या विपूल भूमिका हुन्छ । त्यसैले मेरो भन्नुको मतलव सरकारी स्कुलदेखि बोर्डिङ्ग स्कुलसम्म सुलभ दरमा शुल्क तोकिनुपर्दछ ।

उपसंहार :  राज्य सरकारको जवसम्म शिक्षकहरुलाई योग्यता र क्षमताको आधारमा प्रशिक्षण दिईदैन भने सरकारप्रति जनताकोे नकारात्मक सोचको अभिवृद्धि हुन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच अन्योन्याश्रित सम्वन्ध छ । त्यस्तो कार्यालयमा तलदेखि माथिसम्म योग्य र सक्षम कर्मचारीको छनौट गर्नुपर्दछ । भ्रष्टाचारी तन्त्रको जरैदेखि निर्मूल पार्नुपर्दछ । लोकसेवा आयोग, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको कार्यान्वयन सही र सक्षम ढंगबाट हुनुपर्दछ । न कि पार्टीका छत्रछायाँबाट एक इञ्च पनि नियुक्ति गर्ने अधिकार हुनुहुदैन । पार्टीले ठूलठूला संस्थाका उपल्लो तहको पद वहाली गराउनाले भ्रष्टाचार मौलाएको छ । प्रधामन्त्रीदेखि मन्त्रीहरु नोकरशाही तन्त्रलाई ठूलो निगरानी राख्ने सक्षम र शक्तिशाली संस्था स्थापना गर्नुपर्दछ । अनिमात्र विकासको अवरोधक भ्रष्टाचार हुनेछैन । त्यसमा दुईमत हुनेछैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?