ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

स्पेनमा लुम्बिनी बुद्धपार्क निर्माण हुने

१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

बुटवल, १९ असार  लुम्बिनी साँस्कृतिक नगरपालिकासंग भगिनी सम्बन्ध कायम भएको स्पेनको काथेरेस नगरपालिकाले लुम्बिनी बुद्ध गार्डेन प्रोजेक्ट अन्तरगत स्पेनको काथेरेसमा लुम्बिनी बुद्धपार्क निमार्ण गरिने भएको छ । स्पेनको काथेरेस नगरपालिका कार्यालयमा आयोजना गरेको पर्यटन प्रवर्द्धन र विकासका लागी लुम्बिनी सास्कृतिक नगरपालिका, लुम्बिनी गार्डेन स्थापना गर्ने सहकार्य सम्बन्धि अन्तर्कृया कार्यक्रममा सो निर्णय भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानले बताए ।

पालिका विचको सम्बन्ध, सहकार्य, समन्वय, अनुभव र सहयोग आदानप्रदान सम्बन्धी समन्वय बैठकमा काथेरेस नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राफेल एन्टोनियो माटेओस कासेरेस एक्स्टे«माडुरालाई बधाई एवम् कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नगरप्रमुख मुसलमानले विश्व शान्तीका अग्रदुत बुद्ध जन्मस्थल लुम्बिनी सास्कृतिक नगरपालिकाको भ्रमणको निम्तोपत्र प्रदान गरेका छन । लुम्बिनी र नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार एवं काथेरेस र लुम्बिनीको पर्यटन प्रवर्द्धन र विकासका लागी अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदान प्रदान गर्ने उद्धेश्यका साथ सहकार्य संस्था लुम्बिनी गार्डेन फाउन्डेसनद्धारा काथेरेस नगरपालिकाले काथेरेसमा लुम्बिनी बुद्ध पार्क प्रोजेक्ट निर्माण सम्बन्धमा अन्तरक्रिया गरेको उनले बताए ।

कार्यक्रममा दुबै नगरका नगरप्रमुख लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, काथेरेस नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राफेल एन्टोनियो माटेओस कासेरेस एक्स्टे«माडुरा स्पेन र सहकार्य सस्था लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका अध्यक्ष जोसे म्यानुअल विलानोधा अलेमान प्रमुख संरक्षक निरज गोविन्द श्रेष्ठले समन्वय र सहकार्यमा लुम्बिनी बुद्ध गार्डेन प्रोजेक्टलाई सफल पार्ने प्रतिवद्धता जनाए ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानले बिश्व सम्पदा सुचीमा रहेको ऐतिहासिक शहरको मेयरमा निर्वाचित भएकोमा बधाई साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा नवलपरासी जिल्ला कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डेय, लुम्बिनी साँस्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्याल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तुलसीराम लामिछानेले दुई देशको पालिकाको सम्बन्ध बिस्तारसंगै पर्यटन विकासमा टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?