Butwal Today

समतामूलक समाज निर्माण साझा कर्तव्य

१८ असार २०८०, सोमबार
अ+
अ-

बुटवल, १८ असार ।

छत्रदेव गाउँपालिका उपप्रमुख मनि पन्थीले समातामुलक समाज निर्माण गर्नु सबैको साझा अधिकार र दायित्व भएको बताएकी छिन् । छत्रदेव गाउँपालिकाको सहयोग र एटम मिडिया प्रालिको समन्वयमा सम्पन्न भएको जातीय भेदभाव विरूद्धको १ दिने कानुनी साक्षरता कार्यक्रममा मन्तब्य राख्दै उपाध्यक्ष पन्थीले यस्तो बताएकी हुन् ।

उपाध्यक्ष पन्थीले समाजमा रूढिवादी परम्परागत केही सोच मानिसमा कहीं कतै रहेकोले मानिसमा केही समस्या देखा परेता पनि यसको अन्त्य गर्न सबै लाग्नुपर्ने बताईन् कार्यक्रममा छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले समानताको आधारमा सबैले समान व्यवहार गरेर समतामूलक समाज निर्माण गनु अहिले सबैको दायित्व भएको बताएका थिए ।

कार्यक्रममा अधिवक्ता कुलचन्द्र खनाल, दलित अधिकारकर्मी विष्णु परियार पत्रकार अनिल नेपालीले प्रशिक्षण दिएका थिए । कार्यक्रममासहजिकरण सस्थाका अनिल नेपाली, कार्यपालिका सदस्य गाउँसभा सदस्य वडा सदस्य लगायतका वक्ताले मन्तव्य राखेका थिए ।