ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

असार १५ र मदारीहरुको चटक

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

मदारीले बाँदरलाई रत्याएर चटक देखाउने साधन बनाउँछ । मालिकले जसोजसो गर भन्यो बाँदरले त्यसै त्यसै गरेर अरुलाई मनोरञ्जन गराउँछ । अनि दर्शकले फालिदिएको दुईचार पैसा बटुलेर त्यहाँबाट निस्कन्छ र अर्को ठाउँतिर जान्छ । ठिक त्यस्तै हाम्रो देशका नेताहरुले बेला बेलामा चटक देखाउँछन् ।

समस्या एकातिर हुन्छ । जनताले आफ्नो मत दिएर जनताको काम गर्न पठाएका नेता भनाउँदाहरुले नियम कानुन बनाउने र जनतालाई कसरी सुविधा दिन सकिन्छ, जनतामा पनि किसानका समस्या र आवश्यकता के के छन्, उनीहरुका समस्या के, कसरी पूरा गर्न सकिन्छ भनेर छलफल गर्ने, समस्या समाधानका उपायहरु खोज्नुको साटो, आ– आफ्ना निर्वाचन क्षेत्रमा पुगेर, आ–आफ्ना कार्यकर्ताहरु बटुलेर गमबुट लगाएर तिनै कार्यकर्ता किसानका खेतमा पुगेर दुई तीनजना मानिसले अगाडी पछाडी समातेर, प्रहरीको अडेस लागेर दुईतीन गाबो बीउ हिलोमा गाड्छन् । के त्यो नाटक गर्नु जरुरी छ ? के तिनले त्यसरी गाडेको वीउबाट हजारौ मुरी धान फल्छ ?

नेताहरुले अरुको सहारा लिएर खेतको हिलो कुचेपछि किसानको खेत लहलहाउँछ । सयौ गुणा धान फल्ने भए बोकेरै भएपनि आ–आफ्नो खेतमा हिलो कुचाउन लैजानुहुन्थ्यो । सबैलाई थाहा छ दिनभरी काम त तिनीहरुले गर्दैनन् । मात्र मदारीको नाँच देखाउन सक्छन् । नाटक देखाउन, चटक देखाउन सक्छन् । देशले अहिले २० औ धान दिवस मनायो । २०६२ सालदेखि गमलामा धानको विरुवा रोपेर दिवसको शुरुवात गरेको पनि १८ वर्ष पुगेछ यो असारमा । दिवसको सुरुवातदेखि अहिलेसम्म कहिले गमलामा बीउ रोपेर, कहिले ठूलै कार्यक्रमको आयोजना गरेर धानको बीउका माला खादा लगाएर, आसन ग्रहण र भाषण गरेर धान दिवस मनाउँछन् ।

कहिले किसानका खेत खेत पुगेर रोपाइँ गरे जस्तो गर्छन् । नाटक नै बढी नेपाली नेताको । यो दिवसको सुरुवात गर्दा प्रधानमन्त्री माधवकुमार नेपाल थिए कि झलनाथ मैले अहिले बिर्सें । दुईजनामा एक पक्कै हो । कार्यकर्ताको बुई चढेर खोला तरेको, खेतको आलीमा बसेर रोपेको हिलो छ्यापाछ्याप गरेको दृश्यहरु देखिन्थे । अहिले पनि नाटकले निरन्तरता पाएकै छ । यसरी धान दिवसको २० वर्ष बित्दा देशले के उपलब्धी हासिल ग¥यो खोई ? हाम्रो देश कृषिप्रधान देश पहिला नै थियो । ९५% जनता कृषिमा आधारित थिए । देशको आर्थिक मेरुदण्ड कृषि नै थियो । कृषिमा आधारित उद्योग खुलिरहेका थिए । देशको उत्पादन आफ्नो देशलाई पुगेर बाहिरी देश निर्यात पनि हुन्थ्यो ।

यो हामीले जानेको कुरा हो । धान दिवस नमनाए पनि रोपाइँ हुन्थ्यो । धान मकै प्रशस्त फल्थ्यो तर अहिले हरेक खाद्यबस्तु बाहिरी देशबाट भित्राईन्छ । यस्तो हुनुको मुख्य कारण सरकार चलाउने जिम्मा पाएका नेताहरुको गैर जिम्मेवारी कामको कारणले नै हो । युवालाई विदेश पठाउने र उनीहरुबाट आएको रेमिटेन्सले देश चलाउन खोज्ने अनि देशका खेतबारी बाँझै राख्ने अदूरदर्शी नेताका कारण देश ओरालो लागेको हो । यहाँ भन्नै पर्दछ –आजभन्दा ३०–३५ बर्ष अगाडीसम्म नेपालले कृषि प्रधान देशको नाम पहिचान बिदेशसम्म बनाएको थियो । किनभने नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो तर यतिका वर्षको अन्तरालमा नेपाल धान उत्पादनमा कमजोर बन्दै गएको छ । भन्दा पनि दुःख लाग्छ– नेपालले बार्षिक ३३ अर्बको चामलमात्रै बाहिरी मुलुकबाट किन्नु परिरहेको छ ।

यो भन्दा अर्को बिडम्वना के हुन्छ । अहिले सबैभन्दा कम धान उत्पादन गर्ने देशको रुपमा नेपाल रहेको छ । विगत पाँच वर्ष अर्थात् २०७४÷७५ देखि २०७९/८० सम्ममा भएको धानको उत्पादनमा २०७८/७९ मा सबभन्दा न्यून उत्पादन भयो । त्यस्तै २०७९/८० मा पनि उत्पादन न्यून नै भयो । धान थन्क्याउने समयमा असिना र हावासहितको पानीले क्षति हुँदा उत्पादन घटेको थियो । २०७८/७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र धान उत्पादन भएको थियो । त्यस्तै २०७९/८० केही बढेर करिब ६० लाख १५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसअघि २०७७/७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७५/७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढ्ने अनुमान गरिए पनि त्यसो हुन सकेन । पछिल्ला वर्षमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको पाइन्छ । अहिले खेती गर्ने खेत प्लटिङ भएका छन । धान खेती गर्ने खेतको भूगोल घटदै गएको छ ।

अनि नेपालले बाहिरी मुलुकबाट चामल किन्नु परिरहेको छ । कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा चैतसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य बराबरका ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको थियो । त्यस्तै २०७९/८० मा ५५ करोड ८२ लाख ४५ हजार केजी धान आयात भएको छ । २०७८/७९ को अघिल्लो सात महिनामा १३ अर्बको धान आयात भएको देखिन्छ । २०७८ चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रुपियाँ बराबरको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमी पलिस चामल आयात भएको छ । यसै गरी २०७८ चैतसम्म पलिस नगरिएको चार अर्ब ४९ करोड ६३ लाख ९५ हजार रुपियाँ बराबरको छ करोड तीन लाख ५८ हजार ४५३ केजी चामल आयात भएको छ । धान र चामल आयातको यो ग्राफ यसरी नै बढ्दै जाने हो भने नेपाललाई अव कृषि प्रधान देश कसरी भन्न सकिएला ? असार १५ लाई राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव गर्ने नेपाल सरकारको औपचारिकता मात्रै हो ।

वास्तवमा धान उत्पादनमा आईरहेको गिरावटप्रति सरकारको चासो देखिदैन । सरकारले चाहने हो भने कृषि क्षेत्रमा जनचेतना फैलाउने र राष्ट्रिय उत्पादन बढाउन तथा कृषिलाई निर्वाहमुखी पेसाबाट व्यावसायिक बनाउन प्रयास गर्ने हो भने अझै पनि कृषिबाट देशलाई आत्मनिर्भर बनाउन सकिन्छ तर भन्ने एउटा र गर्ने अर्कै भैरहेको छ हाम्रो नेपालमा । कृषकसँग बसेर दहीचिउरा खाने, स्थानीय पञ्चे बाजागाजासँग असारे गीत घन्काउँदै रोपारी बाउसेसँग धान रोप्ने र उक्त दिन राष्ट्रिय धान दिवसलाई सार्थक बनाउने काममा कताकता कमी आएको हो कि भन्ने आशंका देखिन्छ । अहिले पनि असार पन्ध्रमा नाटक सहित धान दिवस मनाईयो । तर, खोई किसानलाई धान रोप्ने बेला मल ?

कृषिमन्त्री बेदुराम भुषालले हरेक पटक आफ्नो भाषणमा मलको अभाव नहुने भनेको भनै गरेको सुनिन्छ । अनि सुनिन्छ १८ हजार मेट्रिक टन मल आईसकेको छ । र, हरेक जिल्ला जिल्लामा मल बितरण भईसकेको छ । तर, रोप्ने बेला किसानसँग एक मुठी मल छैन । लुकीछिपी भारतीय बोर्डरको किसानसंग सम्पर्क राखेर कसो कसो गरी अलिकति मल ल्याएर छर्न बाध्य छन् किसान । वडाबाट पुर्जी बनाएर सहकारीमा मल लिन जाँदा किसानलाई मल आएकै छैन भनिन्छ । हैन कहाँ जान्छ त्यो आएको मल ? आकासले निल्छ कि धर्तीले वा बिचौलियाले बीचबाटै बेचिदिन्छन् ? सानातिना किसानले मल नै नपाउने होकी बुझ्न सकिएन । हैन कृषिमन्त्री ज्यू कहाँ गएर पाईन्छ मल थाहा चाहियो नि? सबैको गुनासो यही नै छ । हो पहिला पहिला खेती गर्न यस्तो बिकासको मल चाहिदैन्थ्यो । गाईभैंसीको मल स्याउलाको मल खेतमा हालिन्थ्यो खेती हुन्थ्यो । रासायनिक मल बीउ प्रयोग हुन थालेपछि त्यो मल नभएसम्म खेती नै हुँदैन । सरकार ! यो चटक नाटक, झुट कुरा छाडेर हकिकतमा आउनु प¥यो । अनि युवाहरुलाई देशमै रोक्ने ब्यवस्था गर्नुपर्यो । पढे लेखेका युवा सारा बाहिर पठाएर देशमा अनपढ र खाली काम गर्न नसक्ने बुढाबुढीमात्र बस्ने देश बनाउन लागेको हो कि के हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?