Butwal Today

आईसीसी विश्वकप छनोट प्लेअफ : नेपाल र युएई भिड्दै

१७ असार २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा आज (आइतबार) नेपाल र युएई भिड्दैछन्।

खेल दिउँसो १२ः ४५ मा जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा हुनेछ।

विश्वकप छनोटको समूह चरणबाटै बाहिरिसकेका यी दुई टोलीबीचको विजेताले सातौँ स्थानको लागि आयरल्यान्डसँग खेल्नेछन्।

आजको खेलमा पराजित हुने टोलीले नवौँ स्थानको लागि अमेरिकासँग खेल्नु पर्नेछ।

नेपाल समूह ‘ए’ मा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकमा चौथो स्थानमा रहँदै सुपर सिक्सको यात्राबाट बाहिरिएको थियो।

उता युएई भने समूह ‘बी’ का चारै खेलमा हार भोग्दै बाहिरिएको थियो।

नेपाली टोली पछिल्लो समय युएईमाथि  हाबी बन्दै आएको छ।

पछिल्ला पाँच मध्य चार खेलमा नेपाल विजयी हुँदा एक खेलमा हार व्यहोरेको छ।