ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

दाङमा १० प्रतिशत मात्रै रोपाइँ

१७ असार २०८०, आइतबार
१७ असार २०८०, आइतबार

दाङ, १७ असार ।

ढिलो मनसुन सुरु भएपछि जिल्लामा यो वर्ष धान रोपाइँ सुस्त देखिएको छ । मध्य असार बितिसक्दा पनि दाङमा १० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र दाङका अुनसार जिल्लामा १० प्रतिशत धान रोपाइँ भएको छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् । सिंचाइको सुविधा हुने केही स्थानमा धान रोपाइँ भए पनि अधिकांश ठाउँमा खेत बाँझै छन् । ढिला गरी पानी परेपछि अहिले किसान धानको ब्याड राख्न थालेका छन् ।

जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका बाहेक अरु पालिकामा थोरै मात्रामा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । सूचना अधिकारी लामिछानेले भने, ‘मध्येअसार बितिसक्दा पनि यस वर्ष ढिला गरी बर्र्षात हुँदा करिब १० प्रतिशत मात्रै रोपाइँ भएको छ । यो तथ्यांक पनि राप्ती गाउँपालिकामा भएको रोपाइँले बढी देखिएको हो । अरु पालिकामा त अझै धेरै जसो ठाउँमा धानको ब्याड राख्ने काम हुँदैछ । बाँकी खेत बाँझै छन् । सिंचाइ सुविधा हुने ठाउँमा पहिले ब्याड राखेका किसानले रोपाइँ सुरु गरेको हुँदा जिल्लामा यो तथ्यांक आएको हो ।’

विगतको वर्षमा यो समयमा ४० प्रतिशतसम्म किसानले धान रोपिसकेको थिए’, कृषि अर्थविज्ञ लामिछानेले भने, ‘तर अहिले १० प्रतिशत मात्रै रोपाइँ भएको छ ।’ पानी पर्न थालेको र किसानले राखेको ब्याड पनि तयार हुने अवस्था भएकाले अब धान रोपाइँको अवस्था बढ्ने छ । जिल्लामा ३९ हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ तर सिंचाइ सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने किसानलाई बाध्यता छ ।

खेतीयोग्य जमिनको कित्ताकाट गरेर बसोवास क्षेत्र बनाउने क्रम बढेसँगै जिल्लामा खेतीयोग्य जमीनको आकार घट्दै गएको छ । उत्पादन हुने क्षेत्रफल घट्दै जाँदा खाद्यान्न तथा तरकारी उत्पादन घट्ने अवस्था आएको तथ्यांकले बताउने गरेको छ ।

दाङका बजार क्षेत्र, बाटोको निकास भएका जग्गा अस्वाभाविक रुपमा घडेरीका रुपमा विकास गरेर बिक्रि गर्ने क्रम बढेपछि खेतीयोग्य जमीन कम हुँदै गएको छ ।

खासगरी, धान, गहुँ, मकै उत्पादन हुने जग्गामा पनि घडेरी बनाएर बिक्रि गर्न थालेपनि खेतीयोग्य जमीन घट्दै गएको हो ।

सरकारले कृषि क्षेत्रमा प्राथमिकता दिएको बताउने गरेपनि जग्गाको खण्डिकरण रोक्न असफल प्राय देखिएको छ । स्थानीय सरकारलाई जग्गाको वर्गीकरण गर्ने अधिकार छ तर यस विषयमा खासै चासो छैन ।

कृषि ज्ञान केन्द्र दाङले एक दशकको अवधिमा खेतीयोग्य जमिनमाथि घडेरीले अतिक्रमण गरेको बताएको छ । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले भने ‘धान, गहुँ, मकै फल्ने जग्गा घडेरी बन्न थाले । उद्योग कलकारखाना खुल्न थाले । यसले गर्दा खेतीयोग्य जग्गा खुम्चिन थाल्यो, भएका खेतमा पनि अन्नबाली नलगाउने, सबै खाद्यान्न किनेर खाने चलन बढेर गएको छ । यसले खेतीयोग्य जमीन पनि प्लटिङमा परिणत हुँदै गएका छन् ।’भूउपयोग नियमावली २०७९ ले कृषि क्षेत्रको जग्गालाई कित्ताकाट गर्न कडाई गरेको छ । नियम भने लागू हुन सकेको छैन ।

दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्य छ तर ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेती हुने गरेको तथ्यांकले देखाउँछ । बाँकी दुई हजार सात सय ८० हेक्टर खेतीयोग्य जमिन खुम्चिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । एक वर्षको अवधिमा ६० हेक्टर जग्गा खुम्चिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले बताए ।

सरकारले जग्गाको खण्डीकरण रोक्न भूपयोग नियमावली जारी गरेको छ । यो नियमावलीले जग्गाको खण्डीकरणलाई रोक्न खोजेको भएपनि प्रधावकारी हुन सकेको छैन ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?