ट्रेंडिंग:

>> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने

स्थानीय तहले कार्यविधि नबनाइकन सेवा प्रवाह गरे : महालेखा

१७ असार २०८०, आइतबार
१७ असार २०८०, आइतबार

बुटवल,१७ असार । महालेखा परीक्षकको कार्यालयले स्थानीय तहले कार्यविधि नबनाइकन सेवा प्रवाह गरेको बताएको छ ।
आईतवार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै कार्यवाहक महालेखापरीक्षक राममायाँ कुँवरले यस्तो बताएकी हुन् । उनले स्थानीय तहबाट गर्नुपर्ने सुधारमा ऐन, कानूनको प्रभावकारी कार्यान्वयन, सोझै खरिद भएका विषयहरुमा सुधार र स्थानीय तह आफैँले गर्नुपर्ने कामहरुमा पनि विभिन्न साझेदार वा स्टेक होल्डरमार्फत गर्दै आएको कुरालाई सुधार गर्नुपर्ने बताइन् । स्थानीय तहले आफैँ गर्नुपर्ने कामहरु नागरिक संस्थामार्फत गराउँदै आएको, आफूले अनुदान प्राप्त गरेका क्षेत्रहरुमा अनुगमन तथा आफूले बजेट लगानी गरेको ठाउँको के कस्तो प्रतिक्रिया प्राप्त भएको छ, कस्तो प्रतिफल प्राप्त भएको छ, चाहे अनुसारको सेवा प्रवाह भयो की भएन त्यसको अनुगमन नहुने गरेको उनको भनाई छ । स्थानीय तहमा सेवा प्रवाहमा सूचना प्रणालीको प्रयोग गर्नुपर्ने कुरामा कमजोरी भएको पाइएको बताइन् ।
उनले भनिन्– ‘महालेखा परीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७८÷०७९ मा स्थानीय तहबाट प्रदान गरिएका सेवाहरुको के कस्तो स्थिति छ, त्यसको ५ वर्षे मूल्यांकन गरी सोको पनि विशेष लेखा परीक्षण गरी सोको प्रतिवेदन पनि यो वर्ष हामीले सार्वजनिक गरिसकेका छौँ । स्थानीय तहबाट गर्नुपर्ने सुधारका क्षेत्रमा मुख्यगरी ऐन, कानूनको कार्यान्वयन हुनुपर्ने, सोझै खरिद भएका विषयहरुमा सुधार गर्नुपर्ने, स्थानीय तह आफैँले गर्नुपर्ने कामहरुमा पनि विभिन्न साझेदार वा स्टेक होल्डरमार्फत गर्दै आएको नागरिक संस्थामार्फत गराउँदै आएको, आफूले अनुदान प्राप्त गरेका क्षेत्रहरुमा अनुगमन तथा आफूले बजेट लगानी गरेको ठाउँको के कस्तो प्रतिक्रिया प्राप्त भएको छ, कस्तो प्रतिफल प्राप्त भएको छ, चाहे अनुसारको सेवा प्रवाह भयो की भएन रु त्यसको अनुगमन हुने गरेको छैन । सेवा प्रवाहमा कार्यविधि नबनाइकन, जुन विषय हामीले कार्यविधि बनाएर सेवा प्रवाह गर्नुपर्छ, त्यस्ता विषयमा कार्यविधि नबनाएको विषयहरु भए,सेवा प्रवाहमा सूचना प्रणालीको प्रयोग गर्नुपर्ने कुरामा कमजोरी भएको छ ।’

उनले महालेखा परीक्षक विकास बिरोधी निकाय नभएको स्पष्ट पार्दै महालेखा परीक्षकको कार्यालय सुशासन कायम गर्ने र विकासको पक्षमा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?