ट्रेंडिंग:

>> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने

प्रचारमा ‘न्यू मिडिया’ प्रयोग गर्दै एमाले, लुम्बिनीका सबै वडामा सञ्जाल बिस्तार गरिने

१७ असार २०८०, आइतबार
१७ असार २०८०, आइतबार

बुटवल, १७ असार ।

नेकपा एमालेले लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका वडा तहसम्म प्रचार सञ्चाल बिस्तार गर्ने भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागको आयोजनामा शनिबार बुटवलमा बसेको योजना बैठकले यस्तो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशमा रहेका १०९ वटै पालिका अन्तर्गतका सबै वडाहरुमा प्रचार सञ्जाल बिस्तार गर्नेगरी योजना बनाइएको बैठकमा सहभागी एमाले केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा ३२ नगरपालिका, ७३ गाउँपालिका र ९८३ वडाहरु छन् । सबै स्थानीय तहमा मात्र होइन, वडातहसम्मै प्रचार सञ्जाल निर्माण गरी त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याइने अर्यालले बताइन् ।

“प्रचारको कामलाई नयाँ र फरक ढंगले अगाडि बढाउन र कार्यकर्ताहरुलाई प्रविधिसँग जोड्दै आक्रामक ढंगले पार्टीको प्रचारको कामलाई जनस्तरसम्म पु¥याउन वडा तहसम्मै प्रचार सञ्जाल बिस्तार गर्ने निर्णय गरेका छौं”–उनले भनिन् ।

बैठकलाई संबोधन गर्दै अर्यालले अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जाल फेसबुक, टिकटक, यू ट्युव जस्ता प्रविधिको बढी प्रयोगमा अभ्यस्त भएको र अव पार्टीका सम्पूर्ण कार्यकर्ता पंक्तिलाई यसतर्फ अभ्यस्त गराउन जरुरी भैसकेको भन्दै पार्टी र मातहतका सबै कमिटीले प्रचारको नयाँ रोडम्याप अनुसार अगाडि बढ्ने गरी योजना बनाइने बताइन् ।

पार्टीका हरेक कमिटीका सूचना आदानप्रदान देखि लिएर सबैखाले गतिविधि, पार्टीले सञ्चालन गरिरहेका अभियानहरु, पार्टी नेतृत्वको सरकार भएका बेलामा गरिएका राम्रा कामहरु र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अगाडि सारेका योजना र सकारात्मक कामलाई जनमानसमा सही ढंगले प्रभाव पार्ने गरी प्रचारलाई केन्द्रित गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

“प्रचारको कामलाई सामाजिक सञ्जालसँग जोड्न सकिएन र नयाँ ढंगबाट प्रविधिको प्रयोग गर्न सकिएन भने आगामी दिन झनै चुनौतीपूर्ण हुनेछन्, यस तथ्यलाई मनन गर्दै लुम्बिनी प्रदेशका सबै स्थानीय तहका वडाहरुमा प्रचार सञ्जाल बिस्तार गरेर नयाँ ढंगले काम अगाडि बढाइने निर्णय भएको छ”–गौतमले भने ।

लुम्बिनी प्रदेशको प्रचारको संयोजन गर्ने जिम्मेवारी लिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले अव पार्टीका सबै कमिटी सामाजिक सञ्जालमा जोडिनुपर्ने, त्यसको नियमित अपडेट गरिनुपर्ने र सबै कार्यकर्ताले पार्टीले गरेका कामको प्रचारमा फेसबुक, टिकटक, यू ट्युव जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने गरी अघि बढिने बताए । अव सबै जिल्लामा टिकटक समूहहरु निर्माण हुन्छन्, पार्टीका सबै कमिटीहरु सामाजिक सञ्जालमा जोडिने छन्, त्यसो गर्न नसक्ने कमिटी र कार्यकर्ताले गर्न सक्नेलाई छाडिदिनुपर्छ, अव यस दिशातर्फ पार्टीले लुम्बिनी प्रदेशमा काम गर्दैछ”–थापाले भने ।

पोलिटब्यूरो सदस्य थापाले स्थानीय स्तरमा पार्टीका विभिन्न कमिटीहरुले कार्यक्रम गरिरहे पनि ती सबैलाई ठूलो समुदायमा पु¥याउने काम सामाजिक सञ्जालहरूले गर्ने भएकाले अव प्रचारलाई यसतर्फ केन्द्रित गरिने बताए ।

लुम्बिनी प्रदेशमा पार्टीको संगठन राम्रो भएपनि आम जनसमुदायका माझ पार्टीलाई स्थापित गर्न प्रचार नै महत्वपूर्ण पाटो भएको निष्कर्षका सबै वडा तहसम्म पुग्ने निर्णय गरिएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बताए । “वडा तहसम्म प्रचार सञ्जाल फैलाउने गरी पार्टी प्रदेश कमिटीले पनि आवश्यक सबै काम गर्ने छ, यसका लागि प्रदेश मातहतका सबै कमिटीलाई सक्रिय बनाइने छ र प्रचारको व्यवस्थापन प्रचार तथा प्रकाशन विगाले गर्ने छ”–उनले भने ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पार्टीका गतिविधिलाई जनमानसमा पु¥याउने काममा प्रेस चौतारीका हरेक सदस्य क्रियाशिल रहने बताए । प्रचार विभाग र प्रेस चौतारी आपसी समन्वयका आधारमा अगाडि बढेको र प्रचार विभागले अगाडि सारेका योजना र कार्यक्रमलाई प्रचार चौतारीले नै कार्यान्वयन गरिरहेको उनले बताए ।

लुम्बिनी प्रदेशका १०९ वटा पालिकाका ९८३ वडाहरुमा प्रचार सञ्जाल बिस्तार भएपछि पार्टी नयाँ स्वरुपमा अगाडि बढ्ने एमाले लुम्बिनी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख डीआर घिमिरेले बताए । “प्रचारको कामलाई व्यवस्थित र सोंचेअनुरुप गर्न सकिएको छैन, अव भने आक्रामक ढंगले आवश्यक गृहकार्य र योजनाका साथ लाग्ने निर्णय गरेका छौं”–उनले भने । अव प्रचार विभागका हरेक जिल्ला शाखाले जिल्ला जिल्लामा योजना बनाएर कार्यान्वयन तहमा लैजाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?