ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

प्रदेश सरकार सारङ्गी संरक्षण गर्दै

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

दाङ, १६ असार ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौर नजिकै रहेको गन्धर्वमा रहेका गन्धर्वहरु शनिबार तुलसीपुरमा भेला भए । करिब ६३ घरधुरी रहेको सो टोलका मानिस सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ । त्यही औँलामा गनिने संख्या बढाउने अभियानमा लुम्बिनी प्रदेश सरकार रहेको छ । लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालयले संकटको पेसा बचाउने अभियानमा रहेको छ ।

सोही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका ७० वर्षिय शालिग्राम गन्धर्वले पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए । उनले भने– सारङ्गी बाजामा चार वटा तार र त्यसबाट ३६ वटा स्वर निकाल्न सकिन्छ यसमा त राष्ट्रियता पो झल्किन्छ । यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्ने गरेको बताए । प्रदेश सरकारले यसमा चासो दिएकोमा खुशी व्यक्त गरे ।

सारङ्गी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटो आवश्यक सारङ्गी बनाउन सकिने बताए । उनले २५ वटा सारङ्गी तयार पारेका छन् । आफूले बनाएका सारङ्गीको बजार मूल्य पाँचदेखि ३५ हजार रहेको उनले बताए । एउटा सारङ्गी बनाउन पाँच दिन लाग्ने गणेश बताए । उनले भने, राज्यका तर्फबाट सीप प्रवद्र्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भए मात्रै संकटको सारङ्गी बचाउन सकिन्छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संकटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । उलले गन्धर्व समुदायको संकटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको बताए । नगरप्रमुख खड्काले राष्ट्रिय बाजाकारुपमा रहेको सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्धन गरेर व्यवसायीकरुपमा अघि बढाउन सकिने बताए । उनले मौलिक संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको र यसमा प्रदेश सरकारले चासो देखाएकोमा खुशी व्यक्त गरे ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्ता माझ पु¥याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवद्र्धन गरेको छ । पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा सारङ्गी बाजाका लागि संगीत कक्षा र सारङ्गी बनाउने सीप प्रवद्र्धन गरिएको बताए । उनले उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने बताए । उनले सारङ्गी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिने बताए । पुस्ता हस्तान्तरण गरेर बाजा संरक्षण गर्न थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?