Butwal Today

तिनाउमा जलसतहले खतराको तह पार गर्ने चेतावनी, सतर्कता अपनाउन आग्रह

१६ असार २०८०, शनिबार
अ+
अ-

बुटवल।

रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ ।

बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसै गरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ।

विनयी लगायत ससाना खोलाहरूको बहाव बढ्ने बताइएको छ ।

नदी तटीय क्षेत्र र यात्रामा निस्किनेहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ।