Butwal Today

नागरिकताको खुसी

१५ असार २०८०, शुक्रबार
अ+
अ-

सुनवल, १५ असार   सरावल वडा नम्बर—२ बस्ने रामशरण तेली उमेरले २५ वर्ष नाघे, हातमा सीप भएपनि नागरिकता नभएकै कारण जागिर नपाउदा तेलीले परिवारको जिविकोपार्जन गर्न ज्याला मजदुरी गर्दे आएका छन् । मजदुरी गर्दा थाकेका तेलीले केहि गर्नुपर्छ भन्ने सोचका साथ जेसिबि चलाउन सिके तर राम्रो आम्दानी गर्न वा सीप सिकेर बिदेश जान पनि उनलाई नागरिकता बाधक बन्यो । उनले अब नागरिकता पाउने आश पनि मारिसकेका थिए तर जब जन्मसिद्धको नागरिकता पाएका आमााबाबुका सन्तानले पनि नागरिकता पाउने थाहा पाएपछि तेली बिहान दशै बजे जिल्ला प्रशासन कार्यालयमा आए । लामो लाईनको प्रतिक्षा बिच उनले दिउँसो नागरिकताको प्रमाणपत्र पाए । नागरिकतको प्रमाण पत्र बुभ्mदै गर्दा तेली भक्कानिए ।
पाल्हीनन्दन मुडेराका सन्जित हरिजन पनि नागरिकता नहुदा उच्च शिक्षाको अध्ययन बाट समेत बन्चित भएका थिए । नयाँ व्यवस्था संगै नागरिकता पाएपछि हरिजनले जिवननै फेरिएको जस्तो महससु भएको बताए । नागरिकताकै कारण विभिन्न अवसरबाट बन्चित भएका हरिजनलाई अब जिवनमा केहि गर्छु भन्ने आँट पलाएको छ । ‘अब नागरिकता बन्यो, धेरै पढ्न पनि पाईएन् अब राहदानी बनाएर बिदेश जान्छु ।’—हरिजनले भने । नयाँ व्यवस्था लागु भएपछि पहिलो नागरिकता लिएका सुनवलका १९ वर्षिय धनराज कानुले नागरिकता नबन्ने चिन्ताले आफु मानसिक तनावमा परिरहेको बेला ठिक नागरिकता पाईने निर्णयले निकै खुसि भएको सुनाए । त्यसैले पहिलो दिननै बुवालाई लिएर नागरिकता बनाउन आएको उनले बताए ।
सर्वोच्च अदालतको आदेशसंगै जन्मसिद्धका सन्तानले पनि वंशजको नागरिकता लिने बाटो खुलेको हो । शंसोधित नागरिकता ऐन अनुसार अहिले धमाधम जन्मसिद्धका आमावुवाका सन्तानले नागरिकताको प्रमाणपत्र पाईरहेका छन् ।
नागरिकताको प्रमाण पत्र पाएपछि जिल्ला प्रशासन परिसरमा युवाहरुले अबिल जात्रानै गर्ने गरेका छन् । आमाबाबुमा पनि खुसिको सन्चार भएको छ । पाल्हीनन्दनमा अभिभावक सुरज मुसहरले छोराको नागरिकता नहुदा जिवन यस्तै दुखमा मात्रै कट्ने हो कि भन्ने चिन्ता थियो तर अब आशा पालाएको बताए । अब त केहि नभए पार्सपोर्ट बनाएर विदेश त पठाउन सक्छु ६० वर्षिय मुसहरले भने ।
नागरिकता लिनेको चाप बढेपछि बिदाको दिन पनि कार्यालय संञ्चालन गरेर नागरिकता वितरण गर्दे आएको छ । भिड बढेपछि जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली अनुसार जन्मसिद्धको आधारमा दैनिक एक सय जनालाई नयाँ नागरिकता वितरण गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए । ८० जनाको दैनिक टोकन बाड्दै आएका छौ तर दैनिक सय जना जतिले नयाँ व्यवस्था अनुसार नागरिकता पाउदै आएका छन् देवकोटाले भने ।
नवलपरासीमा जन्मका आधारमा नागरिकता पाएका अभिभावकको संख्या ८ हजार १ सय ३० रहेको छ। उक्त संख्याका आधारमा अब २० हजार बढी सन्तानले बंशजको नागरिकता पाउने अनुमान गरिएको छ । तर कर्मचारी अभावका कारण वितरणमा भने ढिलाई हुने भएकाले थप कर्मचारीको व्यवस्था गर्न संघिय सरकारको ध्यानआर्कषण गराईएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्ला कारागार लगायतका कार्यालयबाट केही कर्मचारीको व्यवस्था गरेर नागरिकता वितरण गरिदै आएको बताए ।