ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

टिकापुर खाजा घरदेखि पाचतारे भिलासा

१५ असार २०८०, शुक्रबार
१५ असार २०८०, शुक्रबार

बुटवल, १५ असार  गुल्मीका चिन्तामणी न्यौपाने (लक्ष्मण) को हस्पिटालिटी क्षेत्रमा छुट्टै पहिचान बनेको छ । उनै न्यौपाने कुनैबेला रोजगारका लागि भारतका विभिन्न कम्पनीमा दुख गरे । गाउमा हुर्केका उनि दुई दशक अघि बाध्यताकै कारण प्रवास छिरे । भारतमा रोजगारमा केही समय बिताए । तर उनको मन त्यहाँ लागेन । गाउ फर्किएका उनी केही समय बिजनेशको योजना बुने । उनमा स्वदेशमै केही गरौ भन्ने भावना थियो । देशमा शसस्त्र युद्धको बेला चलेको थियो । यस्तोमा उनले आफनो योजना बनाएर कैलालीको टिकापुरमा पुगे । टिकापुर केरा उत्पादनमा ख्याती कमाएको ठाउ हो । बिस २०५४ सालमा केराको आईटमसहित कैलालीको टिकापुरमा न्यौपानेले खाजा पसल खोले । गाउले स्तरको खाजा पसल छोटोसमयमा ख्याती कमायो । उपभोक्तामाझ टिकापुरमा सिद्धार्थको नाम चल्यो । उनी हौसिए । साथीहरु मिलेर उनले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी मार्फत काम अघि बढाए । बुटवलमा सिद्धार्थ कटेज शुरु गरे । योसंगै उनको सफलताको उचाई चुम्यो । नेपालकै पर्यटन विकासमा निजि क्षेत्रबाट यो ग्रुपको योगदान महत्वपूर्ण छ ।
विहिबार ग्रुपको पहिलो पाच तारे होटल भैरहवामा शुभारम्भ गरेको छ । प्रालिका अध्यक्ष चिन्तामणि न्यौपाने (लक्ष्मण) ले विश्वमा शान्ति र सिद्धार्थको सम्बन्ध जोडेर पर्यटन क्षेत्रमा योगदान दिने गरि लगानी गरिएको बताए । देशको आर्थिक समृद्धिसंग जोडिएको पर्यटनको क्षेत्रमा आफुहरुले निरन्तर योगदान दिदै आएको छ । भिलासाको २०७६ बैशाख १ गतेदेखि शुरु गरे लगत्तै कोभिड संक्रमणबाट विश्व नै कठिनाईमा गुज्रेको बेलामा पनि आफुहरु काम पूरा गर्न सकेको उनले दाबी गरे । होटल पुर्ण रुपमा संचालन हुदा साढे २ अर्ब रहेको छ । जसमा ८० प्रतिशत बैक लगानी रहेको छ । ‘प्रालिमा ४२ जना लगानीकर्ता छन ।’—उनले भने ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका सदस्य सचिव महेन्द्र न्यौपानेले २५ वर्षअघि टिकापुरबाट खाजा पसलबाट शुरु गरेर पाच तारेमा पुगेको बताए । होटलमा ७६ डिलक्स, ६ जुनियर स्वीट, २ स्वीट र एउटा प्रेसिडेन्ट स्वीट रुम रहेका छन । यसैगरि लबि लाउन्ज, अल डे डाईनिङ, रुफ टप रुष्टुरेन्ट तथा स्विमिङ पुल, फिटनेश जिम हल, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, लग टेनिस कोर्ट, गार्डेन, पार्किङस्थलसहित पर्यटनसंग सम्बन्धित नेपालकै सबेभन्दा ठुला सभाहल, ३ सेमिनार हल र मिटिङ रुमसमेत छ । करीब साढे २ अर्ब लगानी रहेको होटल पुर्ण संचालन आउदा ३ सय कर्मचारीहरुले रोजगार पाउने उनले बताए ।
औपचारिक कार्यक्रममा नेपाल पत्रकार महासंघका रुपन्देही रामराज पोखरेल, लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, भिलासाका संचालक समितिका उपाध्यक्ष कृष्ण भण्डारी, संचालक समिति सदस्य पुस्कल न्यौपाने, शेखर ढुगाना, सिईयो कृष्ण न्यौपाने, योगराज कंडेलले पर्यटन विकासमा सरकारको चासो बढ्नुपर्ने बताए ।

बुद्ध चिनाउने भिलासा

पाच तारे होटल नाम अनुसार नै बुद्ध र लुम्बिनीलाई चिनाउने गरि पुर्वाधार निमार्ण र नामाकरण गरिएको छ । जनरल म्यानेजर काशी अधिकारीले नामजस्तै सिद्धार्थ होटलमा बुद्ध र लुम्बिनीको झल्को दिने गरि नामाकरण र पुर्वाधारमा जोड दिएको बताए । ‘हस्पिटालिटीको लक्जरी प्रपटी मुख्य रुपमा ३ प्रकारका छन ।’—उनले भने । जसमा भिलासा, बैभव र बाटिका मुख्य हुन । अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न पहिलो पाच तारे होटल भिलासा सिद्धार्थनगरमा शुभारम्भ गरिएको उनले बताए । चार स्टार र थ्रि स्टार लेभलको बैभव तथा सिद्धार्थ बाटिका रहेका छन । यसैगरि सिद्धार्थ कटेज, एस क्याफे ६ वटा शाखा रहेका छन । होटलमा सिद्धार्थ उत्सव बैन्कट हलहरुको सुविधा छ ।
भिलासाका हलहरुको नामाकरण अमोगासिद्घी, रत्नासम्भव, बिरोकाना, अचुभया राखिएको छ जुन बुद्धसंग जोडिएको छ । करीब १६ हजार स्क्वायर फिटमा निर्माण भएको १२ सय क्षमताको अमोगासिद्घी हल, २२ स्क्वायर फिटमा बनेको २ सय ५० क्षमताको रत्नासम्भव हल, ५ सय ७६ स्क्वायर फिटमा बनेको बिरोकाना ४० जना क्षमता र अचुभया हल समेत छ । यसैगरि माया रेष्टुरेन्ट, टोसा रुफ टप रेष्टुरेन्ट एण्ड बार, कुण्ड स्विमिङ पुल रहेका छन । असोजबाट क्यासिनो सबै सेवा दिईने उनले बताए ।

हस्पिटालिटीदेखि आइटी र कृषि शिक्षासम्म लगानी

यो ग्रुपले हस्पिटालिटी क्षेत्रसंगै शिक्षा, आईटी, कृषि लगायत धेरै क्षेत्रमा हात हालेको छ । जुम्लाको लाम्रा, चितवनको सौराहा, ईलामको कन्याम चियाबगान रिसोर्ट तथा पाल्पामा कृषि पर्यटन बिस्तार गर्ने लक्ष्य रहेको प्रालिका अध्यक्ष चिन्तामणि न्यौपाने (लक्ष्मण) ले बताए । यसैगरि ट्रेकिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आईटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनमा बायोटिका, शिक्षातर्फ सिद्धार्थ ईन्ट्युट अफ हस्पिटालिटी ब्राण्डसम्म लग्ने योजना रहेको उनले बताए । देशभर एस क्याफे, ३२ वटा ब्यवसायिक केन्द्र र शाखामार्फत गुणस्तरीय हस्पिटालिटी सेवा ब्यवस्थापकिय साझेदारीमा गर्दै आएको छ । देशभर हस्पिटालिटीबाट १ हजार ६ सय जनाले रोजगार पाएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?