ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
जनकल्याण नमूना मावि

विद्यार्थीले फलाए ८० रोपनीमा तरकारी

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

सिकाइलाई श्रम, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई आम्दानीसंग जोड्ने उद्देश्य अनुरुप हामीले स्वरोजगारमूलक शिक्षामा जोड दिएको प्रधानाध्यापक डा. पूर्ण भण्डारी बताउछन् । विद्यार्थीको पाँचवटा समुहले ८० रोपनी जमिनमा तरकारी तथा फलफुल खेती गर्दै सिकिरहेका छन् ।

सल्यान, १४ असार ।  सल्यान बागचौर नगरपालिका स्थित जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेको ८० रोपनी जमिनमा विद्यार्थीले सिक्दै तरकारी खेती गर्दै आएका छन् । विद्यार्थी आधुनिक तरिकाबाट ताजा तरकारी र फलफुल उत्पादन गर्दै, आफुले उपभोग गर्दै र विक्रि गर्दै आएका छन् । विद्यालयको कृषि फर्ममा लौकाको बोटमा काँक्रा फल्छ, तमाखुको बोटमा गोलभेडा र कागतिको बोटमा सुन्तला फल्छ । यति मात्रै होइन हिमाली क्षेत्रमा फल्ने स्याउ देखी तराइमा फल्ने आँप, लिची र देशका सबै क्षेत्रमा उत्पादन हुने फलफुल र तरकारी यहीँ फलेको देख्न सकिन्छ । हिजो आज विद्यालयको आफ्नै कार्यक्रम सिक्दै कमाउदै अन्तर्गत कक्षा ९ देखी १२ सम्मका कृषि वाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले फर्ममा लटरम्म तरकारी फलाएका छन् । रहर लाग्दा फलफुल उत्पादन भइरहेका छन् ।
नयाँ र उन्नत जातका टमाटर, काँक्रा, बोडी, भान्टा लगायतका तरकारी तयारी अवस्थामा छन् । उत्पादित तरकारी विद्यार्थीले आफैले खाने, नजिकैको बजारमा समेत विक्रि हुने र प्राप्त आम्दानीबाट कृषि फर्मलाई र खेती विस्तारलाई अझै व्यवस्थित गर्दै लगेको विद्यालयका प्रधानाध्यापक डा. पूर्ण भण्डारी पंकजले जानकारी दिए । स्थानिय व्यापारीहरु फर्ममै आएर समेत तरकारी खरिद गरेर लैजानेगरेका छन् ।
विद्यार्थीले पढ्दै र विहान बेलुकीको समयमा तरकारी र फलफुल खेती गर्दै स्वरोजगारमूलक शिक्षामा जोड दिइएको उनले बताए । ‘सिकाइलाई श्रम, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई आम्दानीसंग जोड्ने उद्देश्य अनुरुप हामीले स्वरोजगारमूलक शिक्षामा जोड दिएका हौँ,’ डा. भण्डारीले भने । उनका अनुसार विद्यार्थीको पाँचवटा समुहले तरकारी तथा फलफुल खेती गरिरहेका छन् । कृषि बिज्ञ मार्फत नयाँ प्रविधिको प्रयोग गर्दै तरकारी र फलफुल खेती भैरहेको प्रधानाध्यापक डा. भण्डारीले जनाए ।

रहरलाग्दो खेती देखेर फर्म अवलोकन गर्न आउनेहरु पनि दंग पर्छन् । आन्तरिक रुपमा जिल्ला भित्रबाट र जिल्ला वाहिरबाट पनि आधुनिक खेतिको अवलोकन भ्रमण गर्न आउनेहरुको संख्या बढ्दै गएको बिद्यालयले जनाएको छ । यसबाट कृषि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको छ । विभिन्न प्राविधिक ज्ञान र रोगकिराको समस्या समाधानको उपाय खोज्न किसानहरु बिद्यालय सम्म आउने गरेको प्रधानाध्यापक डा. भण्डारीले जानकारी दिए । रोग किराले असर पुर्याएका विभिन्न बालिनालिका बोट नै ल्याएर परामर्शका लागि स्थानीय कृषकहरु बिद्यालयमा आउने गरेको उनको भनाइ छ । बिद्यालयको आफ्नै जमिन रहेको बताउदै उनले ८० रोपनिमा तरकारी तथा फलफुल खेती भैरहेको र तीन रोपनी क्षेत्रफलमा धान खेती पनि गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?