ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

रोट्याक्ट क्लब अफ सेन्टर बुटवलको आठौ पदस्थापन

१४ असार २०८०, बिहीबार
१४ असार २०८०, बिहीबार

बुटवल, १४ असार  रोट्याक्ट क्लब अफ सेन्टर बुटवलको आठौ पदस्थापन तथा चार्टर नाईट बुधबार सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/२०२३ का अध्यक्ष आशिष पाठकले वर्ष २०२३/२०२४ का अध्यक्ष ज्ञान प्रसाद बश्याललाई पद हस्तान्तरण गरेका छन । यसैगरि रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका वर्ष २०२२/२३ का डिआरआर लक्ष्मण खरेलले वर्ष २०२३/२०२४ का अध्यक्ष ज्ञान प्रसाद बश्याललाई गोपनियताको शपथ खुवाए ।
कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष ज्ञान प्रसाद बश्यालले क्लबको विभिन्न पदमा रहेर योगदान दिदै नेतृत्वको भुमिकामा पुगेको बताए । आफ्नो कार्यकालमा क्लबलाई खुशी क्लबका रुपमा परिचित बनाउने लक्ष्य अनुसार कार्ययोजना बनाएको उनले बताए । सबै रोट्याक्टरहरु मिलेर अघि बढ्न जरुरी रहेको उनले बताए ।
कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले कार्यक्रमको उद्घाटन गर्दै नीजि स्वार्थभन्दा माथि उठेर सामाजिक कार्यमा युवाहरुको अगुवाई महत्त्वपूर्ण रहेको बताए । विकासको पाटोमा बुटवल र तिलोत्तमा नगरलाई जोडेर एकीकृत योजना बनाएर लैजानुपर्ने सुझाव उनले दिए । समाजलाई गतिशिल बनाउदै विकासमा जोड्न यहाँ रहेका क्लबहरुको भुमिकालाई भुल्न नहुने उनले बताए । छोटोसमयमा तिलोत्तमा नगरपालिका तिव्र गतिबाट विकासमा अघि बढेको दाबी गर्दै राजनितिभन्दा माथि उठेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ सेन्टर बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले स्वस्थ्यप्रति गम्भीर हुनुपर्ने सुझाव दिए । मेजर डोनरका रुपमा पहिचान बनाउने गरि क्लब अघि बढ्ने दाबी गरे। विश्वमा नै फरक पहिचान बनाउन सफल भएको दाबी गर्दै आगामी दिनमा पनि थप रचनात्मक कार्य अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा वर्ष २०२२/२०२३ का अध्यक्ष आशिष पाठकले आफ्नो कार्यकालमा रोटरीको मर्म अनुसार शिक्षा, स्वस्थ्य, सरसफाईमा समुदायस्तरमा सामाजिक कार्य गरेको बताए । साथै जलबायु परिवर्तन र यसको प्रभावबारे सचेतना जगाउने कार्यहरु समेत गरेको उनले बताए । वर्षभरि विभिन्न कार्यक्रमको संयोजकको भुमिकामा सहयोग गर्ने क्लबका सदस्यहरुलाई सम्मान गरिएको छ ।
रोटरी क्लब अफ सेन्टर बुटवलका संस्थापक अध्यक्ष एजाज आलम, रोटरी क्लब अफ सेन्टर बुटवलका मेजर डोनर हिमाल गैरे, रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका वर्ष २०२२/२३ का डिआरआर लक्ष्मण खरेल, वर्ष २०२३/२०२४ का जोन १९ को जेडआरआर निराजन अर्याल, क्लबका चार्टर अध्यक्ष सुमन बश्याल, वर्ष २०२२/२०२३ सचिव मुस्कान मित्तल, वर्ष २०२३/२०२४ का सचिव चन्द्र केसीले शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?