ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
विचार

पुर्व प्रसुती स्याहारको महत्वसँगै मानव जीवनको सुरुवात

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

एक वयस्क जोडीले आफ्नो जीवनमा बच्चा पेटमा राख्ने योजना बनाएदेखि बाआमाको पेटमा बच्चा बसेदेखि बच्चा जन्मने समय अवधि सम्मको सम्पूर्ण हेरचाह वा स्याहार सुसार जसले आमा र पेटमा रहेको बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा सहयोय पुरउँदछ भने त्यास्तो किसिमको स्याहारलाई पुर्व प्रसुती स्याहार भनिन्छ । पुर्व प्रसुती स्याहार (Antenetal Care) लाई नितान्त महत्वपूर्ण विषयको रुपमा लिईएको छ । जव कुनैपनि दम्पत्तीले आफ्नो वंशजलाई निरन्तरता दिनको लागि होस् वा आफ्नो चाहना र रहरलाई पूरा गर्ने उद्देश्यका साथ आाफुबाट सन्तान जन्माउने सोच बनाउँदछन् । त्यसपछि उनीहरु दुवै जोडीको सल्लाहले बच्चा आमाको पेटमा बस्नु भन्दा दुई महिना अगाडि देखि नै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आफ्नो स्वास्थ्यको परीक्षण गराई फोलिक एसिड भन्ने अत्यन्तै महत्वपूर्ण औषधि दिनको एक गोलीको दरले बच्चा पेटमा बसेको १२ हप्ता अर्थात तीन महिना सम्म निरन्तर रुपमा खानु पर्दछ । जब आमा हुनेवाला ती महिलाले आफ्नो महनिावारी रोकिएको थाहा पाइसकेपछि युपिटी टेस्ट किटको माध्यमबाट जाँच गरी वा भिडियो एक्सरेको भरपर्दो जाँचबाट पेटमा बच्चा बसेको निक्र्योल गरी सकेपछि यो औषधिलाई निरन्तरता दिनु पर्दछ । त्यसपछि उनलाई निरन्तर उनको खानपानमा विशेष ध्यान दिंदै गर्भ रहेको ९१ औं दिनबाट एक गोली जुकाको औषधि खान दिने र निरन्तर रुपमा क्याल्सियम र आईरन एक.एक गोलीको दरले बच्चा जन्मेको ४५ दिन सम्म खान दिने । त्यसको साथै पहिलो गर्भवती महिला भएमा एक महिनाको फरकमा दुई डोज टिडी खोप र दोस्रो गर्भवती भएमा हरेक गर्भमा थप एक डोजको मात्राका आधारले टिडी खोप दिनुपर्दछ । त्यसको साथसाथै नियमित रुपमा आठपटक गर्भको जाँच निम्न अनुसार अनिवार्य गराउनुपर्दछ ।

१ ः पहिलो जाँच गर्भ रहेको १२ हप्तामा
२ ः दोस्रो जाँच गर्भ रहेको १६ हप्तामा
३ ः तेस्रो जाँच गर्भ रहेको २० देखि २४ हप्तामा
४ ः चौथो जाँच गर्भ रहेको २८ हप्तामा
५ ः पाँचौ जाँच गर्भ रहेको ३२ हप्तामा
६ ः छैठौं जाँच गर्भ रहेको ३४ हप्तामा
७ः सातौं जाँच गर्भ रहेको ३६ हप्तामा
८ ः आठौं जाँच गर्भ रहेको ३८ देखि ४० ह्प्तामा

पुर्व प्रसुती स्याहारबाट कस कसलाई फाइदा पुग्दछ ः

यस प्रकारको नियमित गर्भ जाँचले आमा र बच्चालाई प्रत्यक्ष रुपमा फाईदा पुर्याउँदछ । भने परिवारका सम्पूर्ण सदस्यहरुलाई समेत पारिवारिक, मानसिक, सामाजिक र आर्थिक पक्षमा फाईदा पुर्याएको हुन्छ । यसले बच्चालाई उसको महिनाको अनुपातमा हुनुपर्ने बृद्वि विकास शारीरिक तौलको साथै भिडियो एक्सरेको सहायताले त उसको शारीरिक अंग प्रत्यङ्गहरुको समेत अबस्था थाहा पाउन सकिन्छ भने आमाको शारीरिक मानसिक पारिवारिक र सामाजिक अवस्थाको साथसाथै महिनाको अनुपातको गर्भको वृद्वि विकास शारीरिक तौलको वृद्वि र गर्भको सम्पूर्ण अवस्थाको बारेमा जानकारी पाई थप केही सुधार र सचेत रहनपर्ने कुराहरुमा समेत महत्वपूर्ण जानकारी लिन सकिन्छ । साथै गर्भवती आमा र गर्भको बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरु दुवैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा गर्भको कारणबाट परिवारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिवारका सम्पूर्ण सदस्यहरुमा समेत पारिवारिक मानसिक सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा पुर्व प्रसुती स्याहारलाई नितान्तै महत्वको साथमा हेरिएको पाईन्छ ।

नियमित रुपमा गर्भ जाँच गराउँदा गर्भवती आमालाई स्वास्थ्यको साथमा अन्य फाईदा ः

नियमित रुपमा आठ पटक गर्भ जाँच गराएमा गर्भवती आमालाई स्वास्थ्यको साथमा अन्य फाईदा पनि नेपाल सरकारले ब्यवस्थामा ल्याएको छ । गर्भवतीले प्रोटोकल अनुसार वा अनिवार्य आठ पटक गर्भजाँच गराएमा ८०० रुपैंयाँ र सुरक्षित रुपमा बच्चा जन्माउन अस्पताल गएमा गाडी भाडा स्वरुप तराईको जिल्लामा १००० रुपैंयाँ, पहाडी जिल्लामा २००० रुपैंयाँ र हिमाली जिल्लामा ३००० रुपैंयाँका दरले थप गरी अस्पतालमा नै गएर बच्चा जन्माउने आमाहरुलाई दिने र बच्चालाई न्यानो झोला समेत दिने कार्यक्रम समेत रहेको छ । यस कार्यले गर्भवती आमाहरुमा अनिवार्य आठ पटक गर्भ जाँच गराउने र अस्पतालमै बच्चा जन्माउने कार्यमा थप उत्साह र प्रोत्साहन गर्ने गरेको पाईन्छ । त्यसैले आमा र बच्चाको स्वास्थ्यलाई थप सुरक्षित र जोखिममुक्त गराउनको लागि पनि आठ पटक वा प्रोटोकल अनुसार गर्भ जाँच अनिवार्य गराउनुपर्दछ । अनिबार्य रुपमा खानुपर्ने औषधिको सेवन र अस्पतालमै बच्चा जन्माउने कार्यको साथै पुर्व प्रसुती स्यहारमा गर्भवती आमालाई खुवाउनुपर्ने ताजा र पोशिलो खानपानको साथै स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा र विभिन्न सुचनाहरुमा देखिएको हरेक बार खानाचार भन्ने भनाईलाई ब्यवहारमा प्रयोग गर्नुको साथमा आराम र ब्यायामको समेत महत्वपूर्ण भूमिका रहेको पाईन्छ ।

अन्त्यमा समग्रह रुपमा भन्ने हो भने सरकारले जति पनि लगानी गरेको छ त्यसकै आधारमा सेवाग्राहीहरुबाट सेवा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझै पनि कमी पाइएको छ । यसमा जिम्मेबारी कसले लिने त । भन्ने सन्दर्भमा अहिलेको नयाँ संरचना अनुसार वर्गीकरण गरिएको राज्यका तीनवटै तहका निकाय त्यहाँ रहेका सम्पूर्ण जनप्रतिनिधिहरु प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पूर्ण सरोकारवालाहरुको नङ्ग र मासुको सम्बन्धका साथ हातेमालो गरेर आआफ्नो ठाँउबाट देशैभरीको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामुलक संदेश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमा र स्वयम् ब्यक्ति आफै मेरो स्वास्थ्यको ख्याल म आफै गर्नुपर्दछ भने मात्र यो कार्यले पूर्णता पाउँदछ । र स्वास्थ्यका सुचकहरु लक्ष्यका आधारमा पुरा हुन्छन् । त्यसकारणले गर्दा मानव जीवनको शुरुवातीको चरणको पहिलो बिन्दु भनेकै पुर्व प्रसुतीको समयबाट हुने हुँदा यस समयमा एउटा मानवको स्याहार गर्दा दुईवटा आत्म र शरीरको वृत्ति विकास र स्वस्थताको समेत स्याहार पुग्ने हँुदा यो पुर्व प्रसुती स्याहारको निकै महत्व रहेको पाईन्छ ।

भोजराज पोख्रेल
स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?