ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
मुख्य समाचार

सरकारको लगानी बढ्दा, केराको उत्पादन घट्दो

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

जिल्लाको कृषि ज्ञान केन्द्र, स्थानीय पालिका र संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत लागू छ । तर केरा खेती गर्ने किसानको क्षेत्र विस्तार भएपनि उत्पादन भने गिरावट आएको पाइएको छ । यसले सरकार र किसानमाथि प्रश्न तेर्सिएको छ ।

 

बुटवल, असार ।   लुम्बिनी प्रदेशमा केरा खेती गर्ने किसानहरुको संख्या बढ्दै जादा उत्पादकत्व भने घट्दै गएको पाइएको छ । केरा खेतीको लागि भन्दै प्रदेशको नवलपरासी जिल्लामा केरा जोन नै लागू छ । जहामा जिल्लाको कृषि ज्ञान केन्द्र, स्थानीय पालिका र संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समेत लागू छ । अर्थात एउटै स्थानमा ३ वटा सरकारले काम गरिरहेका छन् । केरा खेती गर्ने किसानको क्षेत्र विस्तार भएपनि उत्पादन भने गिरावट आएको हो ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर अहिले कुल ६ हजार १ सय ३ हेक्टर क्षेत्रफलमा खेती खेती हुदै आएको छ । नेपालभरमा कुल २१ हजार ६ सय ३३ हेक्टरमा खेती हुदै आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत सुनैना बरालीका अनुसार देशभरमा हाल प्रति हेक्टर प्रति टन केरा उत्पादन क्षमता १५.९७ रहेको छ । जसमा लुम्बिनी प्रदेशको भने प्रति हेक्टर १५ टन मात्रै उत्पादन हुदै आएको हो । नेपालको कुल खेतीको तुलनामा प्रदेशको केरा उत्पादन दर (उत्पादकत्व) सन्तोषजनक रहेपनि केही बर्ष यता प्रदेशको उत्पादकत्व दरमा गिरावट आएको अधिकृत बरालीको भनाई छ ।
प्रदेशमा ७४ हजार ७ सय ३७ टन केरा बार्षिक रुपमा उत्पादन हुदै आएको छ । जुन अघिल्लो आर्थिक बर्षको भन्दा बढि नै हो । क्षेत्रफल विस्तार भएपनि उत्पादकत्वमा भने कमी आएको सरकारी तथ्यांक नै छ । आर्थिक बर्ष २०७५/७६ मा कुल ४८ हजार ५ सय ५६ हेक्टर क्षेत्रफलमा खेती गर्दा २ हजार ४ सय ९२ टन केरा उत्पादन भएको थियो । आर्थिक बर्ष २०७६/७७ मा ३४ हजार २ सय हेक्टर क्षेत्रफलमा खेती गरिएको २ हजार ६९ टन केरा उत्पादन भएको पाइएको थियो । जसमा केरा खेतीको क्षेत्रफल घटेपनि उत्पादकत्व भने घटेको थिएन । आर्थिक बर्ष २०७७/७८ मा ३६ हजार ३८ क्षेत्रफलमा खेती गर्दा २ हजार १ सय ४३ टन केरा उत्पादन भएको थियो ।
गत आर्थिक बर्ष २०७९/८० मा क्षेत्रफल वृद्धि भई ७१ हजार ८ सय २.२ हेक्टरमा खेती गर्दा जम्मा ५ हजार ७५ टन मात्रै केरा उत्पादन भएको छ । केराको उत्पादकत्व कुल उत्पादनलाई केरा खेती गरिएको क्षेत्रफलले भाग गरी निकालिन्छ । सोही अनुसार क्षेत्रफल विस्तार गरिएपनि उत्पादन कमी आउँदा केरा किसानहरु भने मर्कामा परेका छन् । आर्थिक बर्ष २०७५/७६ मा १६.४ प्रतिशत रहेको केरा उत्पादकत्व अर्को बर्ष १६.४८, अर्को बर्ष १६.८२ बाट गत आर्थिक बर्ष २०७८/७९ मा १४.१५ मा झरेको हो । नेपालमा हाल जेठ अन्तिम देखि साउनसम्म ८० मालभोग र २० अन्य जातीका केराहरु पाइने गरेको छ । भदौ देखि बैशाखसम्म ९०९ प्रतिशत हरियो केरा र १० प्रतिशत अन्य केरा पाइने गरेको छ । बैशाखदेखि साउनसम्म नेपालकै विभिन्न ठाउँबाट आएको मालभोग केरा बिक्रि भएको पाईन्छ । चार महिना नेपाल मालभोग केरामा भने आत्मनिर्भर नै बनेको छ । नेपालमा १२ महिना केराखेती नगरिने हुदा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् । हाल संघीय सरकारले केरा सुपरजोन र जोन चलाएको छ भने प्रदेशबाट केरा ब्लग कार्यक्रम र स्थानीय तहबाट केराको पकेट कार्यक्रम जारी रहेको छ । तीन वटा निकायले काम गरेपनि केरा किसान भने सरकारी कामबाट सन्तुष्ट छैनन ।

नवलपरासी केरा उत्पादक किसान संघका अध्यक्ष नख्खु प्रसाद यादव केरा किसानलाई मल (रासायनीक) मल चाहिन्छ भन्ने सरकारसंग ज्ञान नभएको बताउँछन् । उनले समयमा नै प्राप्त मात्रमा मल नपाउँदा केरा किसानको उत्पादन घट्नुको साथै रोग र किराको समेत प्रकोप हुने गरेको बताउँछन् । उनी भन्छन्– ‘सरकारले धान खेतीलाई मात्रै मल दिदै आएको छ, केरा किसानलाई सरकारले किसान नै मानेको छैन ।’
केही समय पहिला ऊखु खेती गर्दै आएका किसानहरुले ऊखुमिलबाट पिडित भएपछि केरा खेती रोजेको बताउँदै अध्यक्ष यादव सरकारबाट केरा खेती गर्ने किसानलाई मल, उचित परामर्श, तालिम नदिएको कारण विस्तापित हुने अवस्था आउन लागेको बताउँछन् । यता प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोन सञ्चालन गरिरहेको रुपन्देहीको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नारायण काफ्लेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देशका विभिन्न चार जिल्ला चितवन, नवलपरासी पश्चिम, बर्दिया तथा रौतहटमा केरा जोन कार्यक्रम कार्यान्वयन शुरुवात भएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संघिय शसर्त अनुदान अन्तर्गत प्रदेशका विभिन्न जिल्लाको कृषिसँग सम्बन्धित कार्यालय मार्फत केरा बालीमा ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेको जानाउदै परियोजनाको संघिय शसर्त अनुदान अन्तर्गत विभिन्न जिल्लाको स्थानीय तह मार्फत केरा बालीमा पकेट विकास कार्यक्रम सञ्चालन भईरहेका छन् । नवलपरासी जिल्लामा १ हजार १ सय ५० हेक्टरमा केरा खेती भैरहेको छ । जसमा उत्पादन बार्षिक ४४ हजार ८ सय ५० मेट्रिक टन रहेको छ भने जोन मार्फत जिल्लामा कुल ७ सय ८० हेक्टर क्षेत्रफलमा खेती भई ३४ हजार ३ सय २० मेट्रिक टन केरा उत्पादन भएको छ । जसमा केराको उत्पादकत्व ४४ प्रतिशत मात्रै छ । केरा जोन रुपन्देहीका २ स्थानीय तहका ५ वटा वडामा समेत लागू छ ।
व्यवसायीक केरा किसानहरुको मुख्य माग उन्नत बेर्ना, प्राविधिक तालिम, कृषि बिमामा सहजीकरण, साना कृषि मेशिनरीहरुमा अनुदान र बजारीकरणमा सहयोग तथा सहजीकरण आवश्यक रहेको बताउदै आएका छन् । उखु खेती उधारो बाली तर केरा खेती नगदे वाली र उखु भन्दा ५ गुण बढी मुनाफा दिने भएपनि समयमा नै सिंचाई, मलको उपलब्धता नहुँदा केरा खेती गर्ने किसान नै बिस्थापित हुने अवस्था आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय ईकाई भैरहवाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नारायण काफ्लेका अनुसार बिरुवाको माग अनुसार हाल सञ्चालनमा रहेका टिस्युकल्चर प्रविधिको प्रयोगशालाको स्तोरन्नती तथा आवश्यकताका आधारमा नयाँ समेत स्थापना गरेर कम लागतमा गुणस्तरीय बिरुवा आपूर्ति गर्न सकेमा केराको व्यवसायिकरणलाई अझै व्यवस्थित गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?