ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको रजत स्थापना दिवस

रक्तदान, सरसफाइदेखि अशक्त र दिर्घरोगी व्यवसायीलाई सम्मान

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

बुटवल, १३ असार   होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले २५ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाएको छ। बुधबार रक्तदान कार्यक्रमसंग कार्यक्रमको शुभारम्भ गरेको हो । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । बुटवलमा रगतको अभाव देखिएको हुदा ब्यवसायीहरुलाई आव्हान गरि बृहत् रक्तदान कार्यक्रम गरिएको उनले बताए । योसंग स्थापना दिवसमा विहिबार बिहान सामरिक, ऐतिहासिक र पर्यटकिय स्थल जितगढी किल्ला सरसफाई कार्यक्रम राखिएको उनले बताए । पर्यटन र होटल ब्यवसाय एउटा सिक्काको दुई पाटा भएको भन्दै पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा आफुहरु निरन्तरता लागेको बताए । यसैगरि स्थापना दिवसको मुल कार्यक्रम शुक्रबार एशियन पार्टी प्यालेसमा अशक्त र दिर्घरोगी व्यवसायीलाई सम्मान कार्यक्रम गरिने उनले बताए । यसैगरि सोही दिन साउन १५ गते दहि चिउरा खाने कार्यक्रम समेत राखिएको उनले बताए ।
एक कार्यक्रमका बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले ब्लड बैक हस्तान्तरण गरि उद्घाटन गर्दै रक्तदान अभियानलाई समुदायस्तरमा संचालन गर्नुपर्ने बताए । सबैलाई निशुल्क रगत अभियानलाई पूरा गर्न स्थानीय पालिका तयारीमा लागेको उनले बताए । रुपन्देहीको प्रादेशिक अस्पतालसहित हरेक स्वस्थ्य क्षेत्रमा उपचारमा आउने बिरामीहरुलाई रगत सहज बनाउन यहाका सामाजिक संघसंस्थाहरुको योगदान रहेको उनले बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, पुर्वअध्यक्ष समुन्द्र जिसी, वरिष्ठ उपाध्यक्ष माधव कुमार खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा, निवर्तमान उपाध्यक्ष बाबुराम गौतम, संघका कासस तथा रक्तदान कार्यक्रमका संयोजक बाबुराम अर्यालले ब्यवसायिक भुमिकाका साथ सामाजिक उत्तरदायित्वमा आफुहरु निरन्तर योगदान दिदै आएको बताए। हाल संघमा १ हजार २ सय ३ जना छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?