Butwal Today

उद्यमीलाई कोशेली घर

१३ असार २०८०, बुधबार
अ+
अ-

प्यूठान, १३ असार ।

प्यूठान नगरपालिका वडा नम्वर ३ विजयनगर साडेखोलामा उद्यमीहरुका लागि कोशेली घर निर्माण गरिएको छ । छरिएर रहेका उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुलाई एकीकृत रुपमा संकलन गरी बजारीकरणका लागि कोशेली घर निर्माण गरिएको हो ।

विनियोजित नौ लाख रुपैयाँमध्ये सात लाख ३० हजार रुपैयाँ बजेटमा कोशेली घर तयार भएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए । वडा र नगरपालिका क्षेत्रमा उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु यहाँ राखिने उनले बताए ।

ढुंगाले छाएको गोलो आकारमा बनाइएको कोशेली घर देख्दा निकै आकर्षक छ । एक हप्ता अघि मात्र निर्माण सम्पन्न भएकाले नगरपालिकामा निश्चित कार्यविधि बनाएर संचालन गर्ने तयारी गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय नगरपालिका क्षेत्रमा विभिन्न लघु तथा घरेलु उद्यमीहरुले स्थानीय स्रोत र साधनबाट सामग्रीहरु उत्पादन गर्ने गरेका छन् ।