ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

सियारीले तयार पार्यो रोजगार रणनीति

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

भैरहवा, १२ असार ।

रुपन्देहीको सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक बर्ष २०८१÷०८१ देखि २०८४÷०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो ।

नेपाल सरकारको निर्देशन बमोजिम सियारीले रोजगार रणनीति बनाएको हो । सियारी, रोजगार रणनीति बनाउने लुम्बिनी प्रदेश सरकारको पहिलो पालिका हो ।

पालिकाले अन्तिम मस्यौदा प्रतिवेदन सम्बन्धी छलफल गर्दै रोजगार रणनीतिलाई पुर्णता दिएर कार्यन्वयनका लागि अगाडि बढाईएको रोजगार संयोजक श्रृजना भुषालले जानकारी दिईन् ।

उनले आन्तिरिक रुपमा रोजगारी प्रवद्र्धन गर्न, रोजगारीका क्षेत्र पहिचान गर्न तथा एकीकृत सेवा केन्द्र निर्माण गर्न रोजगार रणनीतिले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गरिन् ।

सियारीले सिपमुलक दक्ष श्रमशक्तिको विकास दिगो र समाबेशी रोजगारीको आधार भन्ने सोचका साथ तयार गरिएको रणनीतिमा सबैखाले श्रम विभेदको अन्त्य गर्दै सिपयुक्त व्यावसायिक जनशक्तिको विकास मार्फत रोजगारी र स्वरोजगारी प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप रोजगार रणनीति बनाईएको बताए । अध्यक्ष घिमिरेले अनौपचारिक रोजगारीका क्षेत्रलाई औपचारिकतामा रुपान्तरण गर्ने, गाउँपालिका भित्रका रोजगारदाताहरुसँग समन्वय गरी रोजगारदाताबाट माग भए बमोजिम सुचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्नका लागि राणनीति फलदायी बन्ने उल्लेख गरे ।

सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीमा रहेका अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारकर्मीको रुपमा स्थापित गर्नका लागि रणनीतिले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । उनले आगामी दिनमा सियारीमा रहेका बेरोजगार युवालाई रोजगारीमा समावेश गराई सियारीलाई बेरोजगारमुक्त पालिका बनाउन लागि परेको बताईन् ।

सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारी भित्र अहिले ३ हजारको हाराहारीमा औपचारिक रुपमा रोजगाारीमा रहेका र ६ हजारको हाराहारीमा अनौपचारिक रोजगारीमा रहेको बताए । उनले अनौपचारिक रोजगारीमा रहेका युवाहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई पनि औपचारिक रोजगारीमा समावेश गरी राज्यले तोकेको सेवा सुबिधा भित्र राख्न पहल गरिएको बताए ।

सियारीले रोजगारीको हकलाई कार्यन्वयन गर्दै आन्तरिक रोजगारीको प्रवद्र्धन पनि गर्दै जाने गरी रणनीतिलाई कार्यान्यन गर्न लागिएको जनाएको छ । सियारीमा रहेको रोजगार सेवा केन्द्रले सुचीकृत बेरोजगार युवालाई रोजगारीमा लगाउने, रोजगारीका क्षेत्रको पहिचान गर्ने, अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारीमा रुपान्तरण गर्ने लगायतका काम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?