Butwal Today

विनियोजन विधेयक : प्रतिनिधिसभामा आज ५ मन्त्रीले जवाफ दिँदै

१२ असार २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ

आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक अहिले बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

सार्वजनिक सम्भावति कार्यसूचीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।