ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?

गाउँमा तेक्वान्दो जगाउँदै केशव

ढिला गरी खेलमा लागेका केशवले अन्तर्राष्ट्रिय प्रतियोगितामा २ वटा पदक जितेका छन् । यसैगरी राष्ट्रियस्तरका धेरै प्रतियोगितामा भाग लिएका उनी सधै स्वर्णको दाबेदार भए । एक दर्जन बढी पदक उनले पदक जितेका छन् ।
११ असार २०८०, सोमबार
११ असार २०८०, सोमबार

बुटवल, १२ असार ।

रुरुक्षेत्र—२, ग्वादी गुल्मीका केशव बहादुर कुँवरलाई सानैबाट खेलप्रति रुची थियो । बुबा थानेश्वर कुँवर र आमा सेती कुँवरको कोखबाट जन्मिएका उनी विद्यालयस्तरको पढाई गाउँमा नै सके । सामान्य विद्यालयको खेल गतिविधिबाहेक खेलमा आवद्ध नभएका उनी ढिलो गरी मार्शल आर्टमा लागे ।

वि.सं. २०६२ सालमा तानसेन मिलिनियम कलेजमा कक्षा ११ भर्ना हुँदा उनी खेल शुरु गरेका हुन् । जुनियर लेभलका खेलाडीहरुका बीच उनी उमेरले अलि पाका थिए । सेतो बेल्टमा धेरै मेहनत गरे । शिक्षा संकायमा भर्ना भएका उनी पढाईमा पनि उस्तै थिए । वि.सं. २०६४ मा पढाईसंगै खेलमा अब्बल रहे । कक्षा १२ सक्दै गर्दा तेक्वान्दोमा ब्लाक बेल्ट लिन सफल भए । यो अवधिमा उनले धेरै प्रतियोगितामा भाग लिए । उनको खेल जीवनको सफलताका रुपमा अन्तर्राष्ट्रिय २ पदक छन् ।

यसैगरी राष्ट्रियस्तरका एक दर्जन बढी पदक आफ्नो नाममा गराएका छन् । खेलप्रतिको लगाव र निरन्तरताकै कारण उनी अहिले मार्शल आर्ट आईटिएफमा फोर डन छन् । उनी आफुजस्तै खेलमा रुची भएका युवाहरुलाई डोजाङ खोलेर गाउँमा नै प्रशिक्षण गराउँदै आएका छन् । कोच र रेफ्रीको भूमिका समेत निर्वाह गर्दै आएका उनी धेरै खेलाडीहरुलाई खेल सिकाउदै आएका छन् । रुरु क्षेत्र २ याडुङमा श्रीअचमेश्वर तेक्वान्दो डोजाङ स्थापना गरी प्रशिक्षण दिदै आएका छन् ।

‘मेरो पालामा समयमा सिक्न पाइएन तर अहिलेका युवाहरुलाई अवसर सृजना गरेको छु’— उनले भने । सरकारबाट मार्शल आर्ट खेलमा सबैभन्दा बढी पदकको आशा गरिने भएपनि लगानी न्युन रहेको उनको तर्क छ । मार्शल आर्टसहित धेरै खेलमा निजी क्षेत्रको लगानीबाट खेलाडीहरु तयार भएको उनको दाबी छ । ‘ग्रास रुटमा सरकारले लगानी बढाउनुपर्छ’— उनले भने । सरकारले खेलाडीहरुलाई प्रोत्साहन हुने गरी कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिन्छन् उनी । कम्तीमा तेक्वान्दो प्रशिक्षक स्थायी नियुक्ति दिन सके राहत मिल्ने उनको दाबी छ । निजी क्षेत्रबाट गरिएकै लगानीलाई आफ्नो नाममा प्रचार गराउने काम भएको उनी बताउँछन् ।

उनले दोस्रो दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता, २०११– कास्य पदक, सातौं एसियाली तेक्वान्दो प्रतियोगिता स्वर्ण पदक तथा पाँचौ राष्ट्रिय खेलकुद (२००८)– कास्य पदक, दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप पाल्पा (२००८)– स्वर्ण पदक, पाँचौ जनरल चोई मेमोरियल तेक्वान्दो च्याम्पियनसिप, काठमाडौ (२००९) – स्वर्ण पदक, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद प्रतियोगिता, पोखरा (२०११)– स्वर्ण पदक लगायत अन्य जिल्ला र प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा दर्जनौं पदकहरु हासिल गरेका छन् ।

अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका उनी श्री याडुङ्ग प्राथमिक बिद्यालयको शिक्षक÷खेलकुद प्रशिक्षक, श्री अचम्मेश्वर आई.टि.एफ. तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक, रुरुक्षेत्र गाउँपालिकाका बिद्यालयहरुमा मार्सल आर्ट प्रशिक्षण गराउँछन् । विद्यालयबाट थोरै प्रोत्साहन गर्ने काम भएको उनले बताए । यसैगरी गुल्मी जिल्ला आई.टि.एफ. बरिष्ठ उपाध्यक्ष, रुपन्देही आइ.टि.एफ.तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनी जि.के. टेक्निकल नेपाल प्रालिका संचालक, रुरु क्षेत्रमा रहेको समाजसेवा युवा क्लबका अध्यक्ष पनि हुन् । हाल गुल्मीमा १० डोजाङमा ३ सय बढी खेलाडीहरु रहेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?