ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लुम्बिनीका विद्युतीय गाडीको प्लेट परिवर्तन गर्न सांसद घिमिरेको माग

११ असार २०८०, सोमबार
११ असार २०८०, सोमबार

काठमाडौं, ११ असार ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीका विद्युतीय सवारीसाधनको प्लेट परिवर्तन प्रकरणले संघीय संसदमा पनि प्रवेश पाएको छ । प्लेट परिवर्तन नहुँदा विद्युतीय सवारीसाधन सञ्चालन नभएको सन्दर्भमा संघीय सांसद बासुदेव घिमिरेले यो विषयलाई संसदमा प्रवेश गराएका हुन् ।

सोमबारको संसद बैठकमा प्रतिनिधिसभा सदस्य घिमिरेले लुम्बिनी विकास कोषमा रहेका विद्युतीय बस र भ्यानको प्लेट परिवर्तन गराउन संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । लुम्बिनी प्रदेश सरकारले गरेको निर्णयअनुसार यातायात व्यवस्था कार्यालय रुपन्देहीले प्लेट परिवर्तन नगरेको सन्दर्भमा संघीय सांसद घिमिरेले यो विषयमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले प्लेट परिवर्तन नहुँदा अनुदानमा प्राप्त सवारीसाधन सञ्चालनमा आउन नसक्दा वृहत्तर लुम्बिनी पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुले चरम सास्ती भोग्नु परेको उल्लेख गरे । ‘अनुदानमा प्राप्त गरेका सवारीसाधन पनि चलाउन नसक्नु कहाँसम्मको विडम्बना हो ?’ उनले प्रश्न गरे ।

एशियाली विकास बैंकको सहयोगमा दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्र्तगत संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट लुम्बिनी विकास कोषमा हस्तान्तरण भई कोषको नाममा नामसारी भएका पाँच वटा विद्युतीय बस र चौध वटा विद्युतीय भ्यान सरकारी अर्थात् सेतो प्लेटमा दर्ता भएकोमा उक्त सवारी साधनलाई पर्यटक सवारी अर्थात् (हरियो प्लेट) मा रुपान्तरण गर्न लुम्बिनी प्रदेश सरकारको २०८० वैशाख ०८ गतेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले २०८० वैशाख १३ गते मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न यातायात व्यवस्था कार्यालय (सवारी) रुपन्देहीलाई पत्राचार गरेकोमा सो कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्दा विद्युतीय गाडी, सौर्य उर्जा प्लाण्ट र चार्जिंङ स्टेशन समेत गरी २८ करोडको अनुदान सहयोग परियोजना सञ्चालनमा आउन सकेको छैन ।

सो कार्यालयले २०८० जेठ १० गते संघीय सरकारको यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै सरकारी सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक मार्गदर्शन गर्न पत्राचार गरेको छ । पूर्वाधार बनेको दुई वर्ष भैसक्दा पनि अनुदानमा आएका सवारीसाधन सञ्चालनमा आउन नसक्दा वृहत्तर पर्यटकीय क्षेत्रको भ्रमणमा आउने तीर्थयात्री तथा पर्यटकहरुले चरम सास्ती भोग्नु परेको त छ नैं सवारीसाधन समेत थोत्रिन थालेका छन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयले अलपत्र बस सञ्चालनका लागि बाटो खुला हुने आशा जगाएको थियो तर सेतो नम्बर प्लेटलाई हरियो प्लेटमा लैजाने प्रावधान नभएको भन्दै यातायात कार्यालयले त्यसमा संघीय सरकारको यातायात व्यवस्था विभागसँग आवश्यक मार्गनिर्देश चाहेको हो ।

प्रदेश सरकारको निर्णयअनुसार प्रक्रिया पूरा गरी दर्ता प्रकृयामा गएपनि यातायात कार्यालयबाट काम हुन नसकेको विकास कोषको भनाइ छ । तर यातायात कार्यालयले भने प्रचलित ऐन, नियमावली, कार्यविधि, निर्देशिका, प्रदेश यातायात परिवहन नियमावलीमा समेत नम्बर प्लेट परिवर्तनको व्यवस्था नभएको कारण प्रक्रिया अघि बढाउन नसकेको जनाएको छ ।

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै २०७७ मंसिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो । यी बस तथा भ्यानहरु साढे दुई वर्षदेखि लुम्बिनीमा खुल्ला आकाशमुनि थन्किएका छन् ।

यी विद्युतीय सवारी नेपाल ल्याउँदा मात्रै साढे तीन करोड बढी भन्सार राजस्व सरकारले व्यहोरेको थियो । यी सवारीका लागि भनेर नै लुम्बिनीमा रु १३ करोड ९० लाख लगानीमा चार्जिङ स्टेसनसमेत बनिसकेको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् ।

लुम्बिनी विकास कोषका अनुसार संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आएका यी सवारी लामो समय खुला आकाशमुनि थन्किदा कतिपयका टायर र चार्ज नहुँदा ब्याट्रीसमेत बिग्रेका छन् । लुम्बिनी र यससँग सम्बन्धित बौद्ध क्षेत्रका पर्यटकीय सुविधाका लागि स्वचालित ढोका सहितका अपाङ्गमैत्री बस र भ्यान अनुदानमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?