ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बिरामीको चाप पर्दा रगत अभाव

रक्तदातालाई फोनबाट बोलाएर रगतको व्यवस्थापन गरिदै 
१० असार २०८०, आइतबार
१० असार २०८०, आइतबार

बुटवलको ब्लड बैंकमा दैनिक ९० युनिट भन्दा बढी माग रहेको छ । बिरामीका आफन्तहरु डोनर खोज्दै भौतारिरहेका भेटिन्छन । ब्लड बैंकमा हुने नियमित रक्तदानलाई दैनिक तीन सिफटसम्म चलाउनका लागि ब्यवस्थापन गर्नुपर्ने परिस्थिती आइपरेको छ ।

बुटवल, १० असार ।   ब्लड बैक बुटवल शाखामा रगतको अभाव देखिएको छ । मौसममा परिवर्तन आएसंगै बिरामीहरुको चाप बढ्दा रगतको अभाव सृजना भएको हो । ‘ओ’ रक्त समुह बाहेकका सबै रगत अभाव छ । रगतको अभावलाई रोक्न यहाका विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिले बुटवलमा ३ दिनदेखि आकस्मिक रक्तदान कार्यक्रम गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको समितिका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउँछन् । रगतको माग धेरै तर दाता कम हुदा रगत अभाव अवस्था आएको उनले बताए । रगत अभावलाई रोक्न आफुहरुले थप सक्रियता बढाउनुपरेको संयोजक प्रेम सुनारले बताए । ‘फोन गरेरै रक्तदाताहरुलाई बोलाएर रगतको सहज उपलब्धता हुने वातावरण गराएका छौ ।’—उनले भने ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्री रगत ब्यवस्थापन गर्दैमा रातको १२ बज्ने गरेको बताउँछन । ब्लड डोनरको तथ्याक संकलन गर्ने, सामाजिक संजालबाट समुहहरु बनाउने र उनिहरुलाई सुचनाहरु दिने जस्ता कामहरु गरेर भए पनि रगतको ब्यवस्थापन गर्दै आएको उनले दाबी गरे । ‘ब्लड बैकले गर्नुपर्ने काम हामीले गरेका छौ ।’—उनले भने । शुक्रबार ‘एबी’ पोजिटिभ रगत आवश्यक रहेको एक सुत्केरीलाई डोनर खोजेर ३ पोका रगतको ब्यवस्थापन गरेको बताए । ‘सुत्केरीको हेमोग्लोबिन ३ पोइन्ट मात्र रहेछ ।’— उनले भने । आमालाई उपचार गराउन अस्पतालमा रहेका उनि आफै रगत ब्यवस्थापनमा लागे । रगतको अभावलाई रोक्न दीर्घकालिन योजना ल्याउनुपर्ने उनको सुझाव छ ।

बिरामीको माग अनुसार ब्लड झिक्न मिल्ने विश्वमा नयाँ प्रविधिहरु भित्रिएपनि नोपलमा यसलाई ल्याउन नसकिएको उनले बताए । ब्लड बैकमा दैनिक ३ सिफटमा रक्तदान हुने गरि पहल थाल्न सके धेरै राम्रो हुने उनी बताउछन । बढीभन्दा बढी युवा रक्तदाताहरुलाई रक्तदानमा प्रोत्साहन गर्दै कार्यक्रमहरु चलाउनुपर्ने उनले बताए । बुटवलमा धेरै अस्पतालमा मृगौलाको बिरामीहरुलाई रगत आवश्यक हुने हुदा पनि यसको चाप ब्लड बैकमा परेको उनले बताए । ‘डायलोसिस गर्ने बिरामीहरुको धेरै चाप छ ।’—उनले भने । पछिल्लोसमय मौसमको कारण पनि बिरामी बढ्दा रगतको माग बढेको हुनसक्ने उनको तर्कछ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलकी सदस्यसचिव राधा शर्माले ब्लड बैकमा ‘ओ’ समुहबाहेक अन्य सबै रगतको अभाव रहेको बताईन । ‘जाडो स्टकले ‘ओ’ ग्रुप धानेको छ ।’—उनले भनिन । दैनिक ९० युनिट बढी रगत खपत हुने बुटवलमा शाखामा बिरामीका आफन्तको भिड लाग्ने गरेको छ । ब्लड क्यान्सर, सुत्केरी, मृगौला खराब भएर डायलोसिस गर्ने बिरामी लगायतमा बढी रगतको खपत हुने गरेको छ । रगतको ब्यवस्थापनमा सबै सरोकारवाला निकाय एकिकृत योजना र अभियानलाई लैजानुपर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?