ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पार्टी एकता लक्ष्य, त्यसको सुरुआत मोर्चाबाटः नेता बुढा

१० असार २०८०, आइतबार
१० असार २०८०, आइतबार

रोल्पा, १० असार ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य सन्तोष वुढाले पार्टी एकता लक्ष्य भएको र त्यसको सुरुआत मोर्चावाट गरेको वताएका छन् । नेता वुढाले उक्त कुरा आईतवार रोल्पा सदरमुकाम लिवाङमा आयोजित पत्रकार सम्मेलनमा वताएका हुन् ।

६५ प्रतिशत भन्दा वढी जनमत भएका नेपाली कम्युनिष्टहरु एक नहुँदा विदेशी हस्तक्षेप वढेको वताउँदै बलियो कम्युनिष्ट पार्टीले मात्रै विदेशी हस्तक्षेप रोक्ने वताए । “नेपालमा किन पटक पटक कम्युनिष्ट पार्टीहरु फुटिरहन्छन् त्यसको विषयमा समीक्षा सभा राखौ भनेका छौ”–नेता वुढाले भने । विचार मिल्नेसँग पार्टी एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चा भन्ने पार्टीको तेश्रो पूर्ण वैठकले निर्णय गरेको वताए । “जनताको भावना पनि पार्टी एकता भए हुन्थ्यो भन्ने छ, त्यसैले जनताको भावनाको कदर गर्न पनि एकतामा जोड दिएका छौ”– उनले भने । नेकपा माओवादी केन्द्रसंगको पार्टी एकताको विषयमा पत्रकारहरुले सोधेको जिज्ञासाको उत्तर दिदै नेता वुढाले एउटा मिलन विन्दुमा पुगेपछि एकता हुने बताए । “एउटा सरकारको नेतृत्वमा रहेको र अर्को सडकमा रहेकोले भर्खरै एकता हुने सम्भावना भने छैन”– उनले भने । दलहरुमा आ–आफ्नो दृष्टीकोण र मूल्य मान्यता रहेकाले ती दृष्टीकोण र मूल्यमान्यतामा एकरुपता आउन समय लाग्ने वताए । “पार्टी एकताको ढोका खोल्नका लागि मोर्चा वनेको हो”– वुढाले भने ।

चार पार्टी वीच बनेको समाजवादी मोर्चालाई अग्रगमनामा जानेहरुको मोर्चा भएको वताए । “सवैले समाजवादमा जाने भनेका छन्, सवै पार्टीको एजेण्डा समाजवाद रहेकाले किन छहरिएर अगाडि वढ्ने ?” नेता वुढाले प्रश्न गरे । मोर्चामा नेपाली काँग्रेस पनि अट्न सक्ने वताए । “यो मोर्चा दलाल पुँजीवाद विरुद्धको मोर्चा हो”–नेता वुढाले भने ।

अहिलेको मुख्य दुश्मन अमेरिका भएको र उ एमसीसी मार्फत नेपाल छिरेका कारण पनि उ संग एक्लै लड्न नसकिने भएकाले मोर्चा जरुरी परेको उनले वताए । “नेपाललाई नवउपनिवेश वनाएकाले त्यसका विरुद्ध सचेत नेपाली एक हुनु पर्छ”–नेता वुढाले भने । “एमसीसी पास गर्नु पुष्पमकल दाहाल प्रचण्डको वाध्यता थियो”– नेता वुढाले भने । एमसीसी पास गर्न शेरवहादुर देउवालाई अघि सारिएपनि देउवावाट एमसीसी पास हुने नदेखेपछि त्यसका लागि गगन थापा, रवि लामिछानेहरुलाई अगाडि सारिएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?