ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

परम्परागत बाटोमा राजनीति : स्तरोन्नती भइरहेको सडक पुर्वमन्त्री यादवको उपस्थितिमा भत्काइयो

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

चन्द्रौटा(कपिलवस्तु), ९ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको एक परम्परागत बाटो स्थानीयले भत्काएका छन् । पुर्व प्रदेश मन्त्री जानकी प्रसाद यादवको उपस्थितिमा बाटो भत्काइएको एक स्थानीयले बताए । लुम्बिनी प्रदेशका पुर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री रहेका यादवको उपस्थितिमै बाटो भत्काइएको उनले बताए ।

केही व्यक्तिले मात्र राजनीतिक प्रतिशोधको भावनाले बाटो निर्माणमा अवरोध गरेको उनले बताए । अहिले आफुलाई पीडित बताउने मान्छे र स्थानीय गाउँबासीकै उपस्थितिमा समाजसेवी र केही राजनैतिक दलका प्रतिनिधिको सहमतिमै परम्परागत बाटो निर्माणमा गत वर्ष पनि सहमति भएको बताइएको छ ।

उनका अनुसार अहिले आएर अरुले उचाल्दैमा बाटो निर्माणको कार्य अवरुद्ध गर्नु गलत भएको हो । ८ वर्ष अगाडि जिल्ला विकास समितिले बनाएको बाटो उनीहरुले भत्काएका हुन् । गाउँपालिकाको वडा नम्बर ६ थानखजहनीका गान्ही यादव, पुन्ने यादव, अर्जुन यादव र नन्कु कोरीले उक्त सडक शनिबार बिहान भत्काएका हुन् । गाउँपालिकाले स्तरोन्नती गरिरहेको बाटो उनीहरुले अवरोध गर्दा बाटो निर्माणको काम रोकिएको छ ।

उनीहरुले बाटो बनाउने सहमति नै नगरी गाउँपालिकाले जबरजस्ती बाटो निर्माण गरेको आरोप लगाएका छन् । पीडित गान्ही यादवले काम गर्ने शिलशिलामा बुटवल गएको समयमा वडा अध्यक्षले हाम्रो जग्गामा बाटो निर्माण गरेको गुनासो गरे । उनीहरुले नम्बरी जग्गामा बिना सहमति बाटो निर्माणको काम भएको बताएका छन् ।

जिविसले ८ वर्ष अगाडि बनाएको बाटो गाउँपालिकाले पुनः स्तरोन्नती गर्न लागेको अवस्थामा मन्त्री यादवको बलमा उनीहरुले बाटो खनेर भत्काएका हुन् । गाउँपालिकाले ५ हात चौडाईमा सडक स्तरोन्नती गरिरहेको छ । जिविसले ८ वर्ष अगाडि चार मिटर चौडाई भएको र करिब २ सय मिटर लामो बाटो अहिले गाउँपालिकाले बनाइरहेको छ ।

जिविसले बद्दौर विद्यालयदेखि थानखजहनीको सामुदायिक भवनसम्म त्यति बेल ५ सय मिटर लामो बाटो निर्माण भएको थियोे । त्यसमा तीन सय मिटर बाटोको चौडाई आठ मिटर र दुई सय मिटरको चौडाई चार मिटर निर्माण गरिएको थियो ।

गत माघमा उनीहरुको सहमति भई उक्त सडक निर्माणको कामसमेत भएको स्थानीयले बताएका छन् । स्थानीय लाल गोपाल पंगेनी, विष्णु कुमार यादव, महाविर अहिर, राज कुमार यादव, कृष्ण मल्ल ठकुरी लगायतको उपस्थितिमा बाटो बनाउने सहमति भएको थियो ।

वडा अध्यक्ष प्रेम बहादुर कलवारले भत्काइएको बाटो परम्परागत बाटो भएको बताएका छन् । उनले स्थानीयको सहमतिमा बाटो निर्माण भएको र अहिले जनतालाई आवतजवात सहज होस् भनेर गाउँपालिकाले बाटो स्तरोन्नती गर्न लागेको बताए । बाटो निर्माणको काम नरोकी सहमति भएर अगाडि बढ्न आग्रह समेत गरेको उनले बताए । बाटो निर्माणको काममा कुनै जबरजस्ती नभएको वडा अध्यक्ष कलवारको भनाइ छ ।

जिविसले बनाएको बाटो गाउँपालिकाले पुनः स्तरोन्नती गरिरहेको अवस्था केही अराजक व्यक्तिका कारण उनीहरुले परम्परागत बाटो निर्माणको काममा अवरोध गरेको उनले बताए । यता जानकी प्रसाद यादवले गाउँपालिकाले बाटो नै नभएको ठाउँमा बाटो बनाइरहेको बताएका छन् ।

वड नं. नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले जबर्जस्ती बाटो बनाएको आरोप लगाए । पीडितले गुनासो गरेपछि स्वयं बाटो किन भत्काइएको हो ? कारण बुझ्न पुगेको उनले दावी गरे । नक्सामा बाटो नभएको बताउँदै सबैले सहमति अनुसार बाटो निर्माणको कार्य अघि बढाउन सुझावसमेत दिएको जिकिर गरे ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आरटिओ र हुलाकी मार्गसँग बताउँदै उक्त सडक हुँदै बद्दौर गाउँ र थानखजहनी गाउँ पुगिने सहायक मुख्य बाटो भएको बताए । आधारभूत स्वास्थ्य चौकी, सामुदायिक भवन खजहनी, जनजागृति विद्यालय जाने सडक पनि सो सडकसँगै जोडिएकोले गाउँपालिकाले स्तरोन्नतीका लागि बजेट छुट्याएर काम गरेको उनले बताए । यसरी पुरै सडक नै भत्काएर विकासमा अवरोध गर्नु गलत भएको अध्यक्ष थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?