ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आईसीसी विश्वकप छनोट : आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल, जित्नैपर्ने दवाब

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

काठमाडौँ ।

आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्ट्स् क्लबमा हुने खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। आजको खेलमा हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ। यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ। जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ।

नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारेको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार भोग्यो।

यस्तै नेदरल्यान्ड्स पनि पहलो खेलमा जिम्बावेसँग ६ विकेटले हारेको थियो। अमेरिकालाई भने ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाललाई हराए नेदरल्यान्ड्स शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्नेछ भने नेपालको यात्रा टुंगिनेछ।

अंक तालिका
समूह एमा रहेको वेस्ट इन्डिज २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ।  समान खेलबाट ४ अंक बनाएको जिम्बावे नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको नेदरल्यान्ड्स २ अंकका साथ तेस्रो स्थानमा छ। २ खेलमा हार र १ खेलमा जित हासिल गरेको नेपाल २ अंकका साथ चौथो स्थानमा छ। लगातार ३ खेलमा पराजित अमेरिका भने सुपर सिक्सको दौडबाट बाहिरिसकेको छ।

समूह बीमा  २ खेलबाट ४ अंक बनाएको ओमान शीर्ष स्थानमा छ। समान २ अंक भए पनि नेटरनरेटका कारण श्रीलंका दोस्रो र स्कटल्यान्ड तेस्रो स्थानमा छ। समान दुई खेलमा हार भोगेका आयरल्यान्ड चौथो र यूएई अंक तालिकाको पुछारमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?