ट्रेंडिंग:

>> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति

दाङको कुल जनसंख्या पौने ७ लाख

८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

दाङ, ८ असार ।

राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको कुल जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ जना पुगेकोे छ । जसमा ३ लाख ५४ हजार ४ सय २० जना महिला र ३ लाख २० हजार ५ सय ७३ जना पुरुष रहेका छन् ।

तथ्यांक कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा दाङ जिल्लाको जनगणनाको अवस्थासहित समग्र बस्तुस्थिती बारे जानकारी गराईएको हो । दाङको जनगणनाका बारेमा गराईएको जानकारी अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाको जनसंख्या रहेको छ । घोराहीको जनसंख्या २ लाख ५ सय ३० जना पुगेको छ । घोराहीमा अहिले पुरुष ९३ हजार ८ सय ६ जना र महिला एक लाख ६ हजार ७ सय २४ जना रहेको तथ्यांक कार्यालय दाङले जानकारी गराएको छ ।

यसैगरी, तुलसीपुर उपमहानगरपालिकाको १ लाख ७९ हजार ७ सय ५५ जनसंख्या रहेकामा महिलाको जनसंख्या ९४ हजार ९ सय ९१ र पुरुषको जनसंख्या ८४ हजार ७ सय ६४ रहेको छ ।

लमही नगरपालिको जनसंख्या ५९ हजार ५० रहेको छ । जसमा ३० हजार ५ सय ४९ महिला र २८ हजार ५ सय १ पुरुष जनसंख्या रहेको छ । राप्ती गाउँपालिकामा ५२ हजार १ सय २३ कुल जनसंख्या रहेकामा २७ हजार ३ सय ८ महिला र २४ हजार ८ सय १७ पुरुष जनसंख्या रहेको छ । बंगलाचुली गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७३ जना रहेको छ । जसमा १२ हजार ५ सय ५१ महिला र ९ हजार ८ सय ३२ पुरुष रहेका छन् ।

जिल्लाको गढवा गाउँपालिकामा ४५ हजार ८ सय ९८ जनसंख्या रहेको छ । जसमा २३ हजार ५ सय ९० महिला र पुरुषको जनसंख्या २२ हजार ३ सय ८ रहेको छ । शान्तिनगर गाउँपालिकाको जनसंख्या २७ हजार ६ सय ४१ जना रहेको छ । जसमा १४ हजार ८ सय ४० महिला र १२ हजार ८ सय १ पुरुष रहेका छन् । राजपुर गाउँपालिकाको कुल जनसंख्या २८ हजार ३ सय ४६ रहेको छ । जसमा १४ हजार २ सय ८८ महिला र १४ हजार ५८ पुरुष रहेका छन् । यसैगरी, संस्थागत तर्फ ४ हजार ६ सय ४१ जनसंख्या रहेकोमा ४ हजार ४३ पुरुष र ५ सय ९८ जना महिला रहेका छन् ।

बबई गाउँपालिकाको जनसंख्या ३० हजार ९ सय ६८ रहेको छ । जसमा १६ हजार ५ सय २२ महिला र १४ हजार ४ सय ४६ पुरुष रहेका छन् । दंगीशरण गाउँपालिकाको कुल जनसंख्या २३ हजार ६ सय ६८ रहेको छ । जसमा १२ हजार ४ सय ७१ महिला र ११ हजार १ सय ९७ जना पुरुष रहेका छन् । यसैगरी, राष्ट्रिय स्तर, प्रदेश स्तर र दाङ जिल्लाका सबैमा आवासीय प्रयोगकालागि सबैभन्दा बढी करीव तीन चौथाई घर प्रयोग भएका छन् भने जिल्लामा आवासीय पछि धन्सारमा करीव ९ दशमलव ९ प्रतिशत घर प्रयोग भएका छन् ।

दाङमा करीव ८० प्रतिशत परिवार आफ्नै घरमा बस्छन् । ९ दशमलव ४ प्रतिशत परिवार भाडामा बस्ने गरेका छन् । भाडामा बस्नेमा परिवारको हिस्सा सबैभन्दा बढी घोराहीमा १३ दशमलव ६ प्रतिशत र तुलसीपुर उपमहानगरपालिकामा १३ प्रतिशत रहेको छ ।

यसैगरी, दाङमा सबैभन्दा बढी ५० दशमलव ६ प्रतिशत परिवार बस्ने घरका जग माटोको जोडाई भएको ईटाद्वारा बनाईएको तथ्यांक छ । दोस्रोमा सिमेन्टको जोडाई भएका ईटा वा ढुंगाद्वारा बनाईएका २२ दशमलव ७ प्रतिशत र ढलान पिलर सहितको २१ दशमलव २ प्रतिशत रहेका छन् । ढलान पिलरसहितका घरमा बस्ने परिवारको प्रतिशत सबैभन्दा बढी राप्ती गाउँपालिका र सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा रहेका छन् ।

राष्ट्रिय र प्रदेशको तुलनामा दाङमा घरको बाहिरी गारोमा माटोको जोडाई भएका ईटा र ढुंगा प्रयोग बढी भएको देखिन्छ । दाङमा सबैभन्दा बढी सिमेन्टको जोडाई भएका ईटा डुंगा ४५ दशमलव ८ प्रतिशत, दोस्रोमा माटोको जोडाई भएको ईटा ढुंगा ४४ दशमलव २ प्रतिशत रहेका छन् ।

समग्र देश र प्रदेशको तुलनामा दाङमा बाहिरी गारो माटोको जोडाई भएका घरमा बस्ने परिवारको हिस्सा बढी देखिएको छ । पालिकास्तरमा हेर्दा यस्तो परिवारको हिस्सा सबैभन्दा बढी बंगलाचुली गाउँपालिकामा र सबैभन्दा कम राप्ती गाउँपालिकामा देखिएको छ ।

जिल्लाका जस्ताको टीनको प्रयोग भएका घरको छानामा बस्ने परिवार सबैभन्दा बढी अर्थात ५३ दशमलव ६ प्रतिशत रहेका छन् । यो लुम्बिनी प्रदेश र नेपालको तुलनामा बढी देखिन्छ । यसैगरी, दोश्रोमा सिमेन्ट ढलान भएका घर ३६ दशमलव ४ प्रतिशत र खर परालको घरका छाना ७ प्रतिशत रहेको छ ।

परिवारमा खानेपानीको मुख्य श्रोतहरुमा धारा पाईपको पानी खाने परिवारको हिस्सा राष्ट्रिय स्तर र प्रदेश स्तरको तुलनामा दाङमा बढी देखिएको छ । जिलामा सबैभन्दा बढी अर्थात ४० दशमलव ४ प्रतिशतले परिवारले घर परिसर बाहिर पाईप धाराको पानी पिउने गरेको पाईएको छ । दोश्रोमा घर परिसर बाहिर धारा पाईपको पानी खाने १५ दशलमव ८ प्रतिशत र हातेपम्पको पानी खाने १२ दशमलव १ प्रतिशत परिवार रहेका छन् ।

जिल्लामा ५२ दशमलव ९ प्रतिशत परिवारले दाउराले खाना पकाउने गरेका छन् । यसैगरी, पालिका स्तरमा हेर्दा बंगलाचुली गाउँपालिकामा दाउराबाट खाना पकाउने परिवारको हिस्सा सबैभन्दा बढी ९७ दशमलव ७ प्रतिशत देखिन्छ । राप्ती गाउँपालिकामा सबैभन्दा कम ३५ दशमलव ५ प्रतिशत रहेको देखिन्छ ।

नेपालभर करीव ९२ दशमलव २ प्रतिशत परिवारले बत्ती बाल्न बिजुली प्रयोग गर्ने गरेकोमा लुम्बिनी प्रदेशमा ९३ दशमलव ७ प्रतिशत रहेको छ । जिल्लामा ९२ दशमलव १ प्रतिशत परिवारले बत्ती बालन अक्सर बिजुली प्रयोग गर्ने गरेका छन् । जिल्लाका स्थानीय तहअनुसार सबैभन्दा बढी बिजुलीको प्रयोग गर्ने परिवारको हिस्सा राप्ती गाउँपालिकामा ९७ दशमलव ३ प्रतिशत र सबैभन्दा कम प्रयोग गर्ने बंगलाचुली गाउँपालिका रहेको छ । त्यहाँ ३७ दशमलव १ प्रतिशत परिवारले बत्ती बाल्न सौर्य उर्जा प्रयोग गर्ने गरेका छन् ।

नेपालभर करीव ४ दशमलव ५ प्रतिशत परिवारमा चर्पी नभएकोमा लुम्बिनीमा ५ दशमलव ६ प्रतिशत परिवारको चर्पी नभएको तथ्यांक छ । जिल्लामा राष्ट्रिय र प्रदेश स्तरको तुलनामा चर्पी नभएकोे परिवारको हिस्सा थोरै अर्थात २ दशमलव ६ प्रतिशत रहेको छ । जुनचाँही सरसफाईको दृष्टिकोणले दाङ राम्रो अवस्थामा देखिएको छ ।

जिल्लामा चर्पी नभएको परिवारको अंश सबैभन्दा बढी राजपुर गाउँपालिकामा रहेको देखिन्छ । सबैभन्दा कम शान्तिनगर गाउँपालिकामा रहेको छ । अर्थात शान्तिनगर गाउँपालिकामा अधिकांश सबै परिवारको चर्पी भएको देखिन्छ । केवल ० दशमलव २ प्रतिशत परिवारको मात्रै चर्पी नभएको देखिन्छ ।महिलाको नाममा घर र जग्गा दुवै नभएका परिवार नेपालभर करीव ७४ दशमलव ६ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा ७४ दशमलव ८ प्रतिशत र दाङमा ७१ दशमलव २ प्रतिशत रहेको छ । जिल्लामा महिलाको नाममा घर र जग्गा दुवै भएका १३ दशमलव २ प्रतिशत रहेका छन् भने जग्गा मात्र भएका ११ दशमलव ७ प्रतिशत र घर मात्र भएका २ प्रतिशत मात्रै परिवार रहेका छन् ।

जिल्लामा कुल १ लाख ६२ हजार २ सय ६६ परिवारमध्ये कृषि बाहेकका साना घरेलु व्यवसाय संचालन गर्ने परिवार ८ दशमलव २ प्रतिशत अर्थात १३ हजार २ सय ९४ रहेका छन् । ती मध्ये ५२ प्रतिशतले व्यापार, १७ दशमलव ९ प्रतिशतले घरेलु उद्योग र ९ दशमलव ६ प्रतिशतले सेवा संचालन गरेको तथ्यांक छ ।

राष्ट्रिय र प्रदेश स्तर भन्दा कृषि बाहेकका साना घरेलु व्यवसाय गर्ने परिवार दाङमा ८ दशमलव २ प्रतिशत मात्रै रहेको छ । जिल्लाका स्थानीय तहहरुमध्ये यस प्रकारका व्यवसाय गर्ने परिवार सबैभन्दा धेरै राप्ती गाउँपालिकामा रहेका छन् । सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा रहेका छन् । जिल्लामा कृषि बाहेकका साना घरेलु व्यवसाय गर्ने कुल ९५ हजार ६ सय १६ परिवारमध्ये सबैभन्दा बढी ४९ दशमलव ३ प्रतिशत परिवारले व्यापार, २० दशमलव ८ प्रतिशतले घरेलु उद्योग र ११ दशमलव ७ प्रतिशतले सेवा सम्बन्धी व्यवसाय गरेका छन् ।

जिल्लामा उमेर र लिंग अनुसार गणनाको समयभन्दा ठीक एक वर्षअघि भएको मृत्युको संख्या अनुसार, पचास वर्षभन्दा माथिको उमेरमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । एक वर्षमुनिको शिशुको मृत्यु १ सय ९ रहेको छ भने पाँच वर्षमुनिको बाल मृत्यु १ सय ७६ रहेको छ । यसैगरी, मृत्यु हुनेमा महिलाको भन्दा पुरुषको संख्या प्राय सबै उमेर समुहमा बढी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?