Butwal Today

ईसेवा मनि ट्रान्सफरले दियो करोडको घर

८ असार २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं (बुटवल टुडे) असार ।  ईसेवा मनि ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । ईसेवा मनि ट्रान्सफरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा रहेको थियो । ईसेवा मनि ट्रान्र्सफरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत “मेरो डिजिटल देश“ अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा कार्यरत श्री पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।
ईसेवा मनि ट्रान्र्सफरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । ईसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो ।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो ।
ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा राखेका बताएका थिए ।
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।