ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

तीस करोडको बसपार्क बन्यो सेतो हात्ती

चौथो पटक ग्लोवल टेण्डर आह्वान गर्दा पनि ठेक्का लाग्न सकेन । आर्थिक मन्दीमा महंगो भाडामा बसपार्क संचालन गर्न नसकिने व्यवसायीले बताउछन । नगरपालिकाको लागि यो सेतो हात्ती जस्तै बनेको छ । स्थानिय युवायुवती भने यहा टिकटक बनाउन भिड लाग्ने गरेका छन ।
७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

बाँके, असार   ३० करोड रुपैया लागतमा निर्माण भएको बाँकेको कोहलपुरस्थित अत्याधुनिक सुविधा सम्पन्न बसपार्क चारपटक टेण्डर आह्वान गर्दा पनि कुनै व्यवसायीले संचालनका लागि रुचि देखाएका छैनन् । मासिक दुई लाखसम्मको भाडा महंगो भएको व्यवसायीको तर्क छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नचलेको अबस्थामा महंगो भाडामा बसपार्क संचालन गर्न नसकिने उनीहरुको भनाई छ । बसपार्क संचालनका लागि कोहलपुर नगर विकास समितिले पटक–पटक टेण्डर आह्वान गरेको भएपनि पनि कुनै पनि व्यवसायीले संचालन गर्न तयार छैनन् ।
‘चौथो पटक ग्लोवल टेण्डर आह्वान गर्दा पनि ठेक्का लाग्न नसकेको छैन ।’— कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले भने । टेण्डर सकिन केहि दिन बाँकी रहेको उनले बताए । कोहलपुर नगर समितिले झण्डै ३० करोड लागतमा लामो दुरीको बसपार्क निर्माण गरेको हो । नगर बिकास कोष मार्फत झण्डै २० करोड ऋण र १० करोड नगर बिकास समितिको लगानीमा निर्माण सम्पन्न भई गत चैत्र महिनामा पहिलो पटक टेण्डर आह्वान गरिएको थियो । समग्र व्यवस्थापन प्रबेश, टिकट काउन्टर, शौचालय र पार्किङ शुल्क भन्दै मुल्य अभिवृद्धि कर बाहेक प्रतिबर्ष न्युनतम मुल्य ९६ लाख ८६ हजार ४ सय राखेर टेण्डर आह्वान गरिएको थियो । तर कुनै पनि व्यवसायी टेण्डर प्रक्रियामा सहभागी भएनन ।
कोहलपुर–११ मा छोटो दुरीको बसपार्क बागेश्वरी यातायात प्रालिले टेण्डरमा सञ्चालन गरिरहेको छ । मासिक झण्डै २ लाख भाडा तिर्ने गरि सो बसपार्क सञ्चालनमा आएको हो । बागेश्वरी यातायात प्रालिका महासचिव टंक बस्यालले टेण्डर रकम बढि भएकाले व्यवसायीले हातहाल्ने अवस्था नरहेको बताए । उनले एक बसपार्क सञ्चालन भईरहेको अवस्थामा अर्को बसपार्क सञ्चालन हुने अवस्था समेत नरहेको बताए । ३ बर्ष अघि मात्रै करोडौको लागतमा निर्मित छोटो दुरीको बसपार्क सञ्चालनमा छ । कोहलपुरका एक स्थानिय बसपार्क टिकटक बनाउने हब बनेको बताउछन । उनले दैनिक युवायुवतीहरु समाजिक सञ्जालमा टिकटक बनाउनै भिड हुने गरेको बताए । बसपार्क सञ्चालनमा आउने भन्दै व्यवसाय गर्न सो स्थानमा सटर भाडामा समेत लिएका उनले बसपार्क सञ्चालनमा नआउदा आफुहरु मर्कामा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?