Butwal Today

वेस्टइन्डिजविरुद्ध नेपालले पहिले बलिङ गर्दै

७ असार २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले (बिहीबार) विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुन लागेको खेलमा नेपाल टस जित्दै पहिले बलिङमा जाने निर्णय गरेको छ।

छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले जिम्माब्वेविरुद्ध पहिले ब्याटिङ गरेको थियो। त्यस खेलमा नेपालको बलिङ चल्न नसक्दा हार्न पुगेको थियव।

चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुँदैछ।

ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छन्। आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। वेस्टइन्डिजको कमानी शाई होपले सम्हाल्नेछन्।

नेपालले ओडीआईमा आइतबार पहिलोपटक टेस्ट टोली जिम्बाब्वेसँग खेलेको थियो। जुन खेलमा नेपाल ८ विकेटले हार्‍यो।  अमेरिकासँगको खेलमा भने नेपाल ६ विकेटले विजयी भयो।

एक खेलमा जित र एक खेलमा हार भोगेको नेपाल २ अंकमा समूह एको तेस्रो स्थानमा छ। लगातार दुई खेल जितेको जिम्बाब्वे ४ अंकमा शीर्ष र एक खेलमा जित हासिल गरेको वेस्टइन्डिज दोस्रो स्थानमा छन्।

विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह ए मा छ।

समूह बी मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएइ छन्।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आशिफ शेख (विकेट किपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुलसन झा, दिपेन्द्रसिंह ऐरि, भिम सार्की, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।