ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

पुर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक निर्माणले पायो तीब्रता

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

नवलपुुर, ७ असार ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुुटवल–नारायणगढ सडक खण्डको कामले तीब्रता पाएकोे छ । कावासोती–भेंडाबारी खण्डमा कालोपत्रेको कामलाई तीब्रता दिएसँगै यो सडक ढिला भए पनि अब पक्का बन्नेमा आशा जगाएको छ ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको यो सडकको काम अहिले पनि तीब्र गतिमा भैरहेको छ भने विभिन्न ठाउँहरुमा फिलिङ सकिएको र अब ती ठाउँमा समेत कालोपत्रे गरिने छ । आगामी असार मसान्त सम्म ४० प्रतिशत काम सकिने लक्ष्यका साथ काम अघि बढेको ईन्जिनियर राकेश झाले बताए । सुुरुमा छ महिनाअघि परीक्षणका रुपमा एक दशमलव एक किलोमिटर कालोपत्रे गरिएको सो सडकको अहिले दश किलोमिटर बढी कालोपत्रे भैसकेको र यसलाई झनै तीब्रता दिईएको बुुटवल–नारायणगढ सडक खण्डको ठेक्का लिएको चाईना कन्स्ट्रक्सनका ईन्जिनियर झाले बताएका छन् ।

५२ महिनाअघि सम्झौता भै अघि बढेको यो आयोजनाको अहिले ३० प्रतिशत भन्दा बढी काम भैसकेको छ भने रुख कटानको काम सकिएको छ । त्यसतै बिजुुलीको पोल गाड्ने काम अन्तिम चरणमा पुुगेको, राजमार्गमा रहेको ठुुला पुुल ,साना कल्भर्ट निर्माणको काम समेत अन्तिम चरणमा पुुगेकाले अब माटो फिलिङ गर्ने र कालोपत्रेको काम मात्रै बाँकी रहने र त्यो पनि अहिले काम सकिएका ठाउँ ठाउँमा कालोपत्रे गर्ने काम सुुरु भइसकेको आयोजनाले जनाएको छ । ४२ महिनामा सम्पन्न हुुन नसकेर पुुनः एक वर्ष म्याद थपिएपछि त्यो पनि आगामी साउन २२ गते सकिने भएकाले पुुनः एक बर्षको म्याद थपको लागि ठेकेदार पक्षले आग्रह गरेको र सो एक बर्ष म्याद थपिएमा नारायणगढ सडक खण्डको निर्माण कार्य सकिने आयोजनाले जनाएको छ ।

अहिले ३० प्रतिशत बढी काम सकिएको र १० महिनाअघि सरकारले ३८६ दिनको लागि पुुनः म्याद थपेपछि सडक निर्माणले तीब्रता पाएको आयोजनाले जनाएको छ । सो सडक खण्डमा अहिले दिनरात निर्माण कार्य भैरहेको छ । आयोजना सम्पन्न हुुने कुरामा स्थानीयबासीमा रहेको आशंका समेत हटेको गैंडाकोट नगरपालिकाका प्रमुुख मदनभक्त अधिकारीले बताएका छन् ।

आयोजनाको गैंडाकोट–दाउन्ने पहिलो खण्ड र दाउन्ने–बुटवल दोश्रो खण्डको रुपमा स्वीकृत भै झण्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनले ५२ महिना अघि ठेक्का पाएको थियो । ठेक्का सुरु भएको एक हजार दुई सय ७८ दिन अर्थात ७ जुलाई २०२२ मा ११३ किलोमिटर बुटवल–नारायणगढ सडक निर्माण सक्ने सम्झौतामा ब्यवस्था भए पनि सुुरुको ४२ महिनामा १८ प्रतिशत काम भएकोमा अहिले पुुनः म्याद थपिएको दश महिनामा ३० प्रतिशत भन्दा बढी काम भएको आयोजनाले जनाएको छ ।

सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युतको पोल सार्ने काम सकिन लागेको, एक हजार २५ वटा टेलिफोनको पोल, दुई सय दुई सोलार पोल समेत सार्ने कार्य अन्तिम चरणमा पुुगेको आयोजनाले जनाएको छ । यो आयोजनामा ४३ वटा ठुला पुल, ३९ वटा साना पुल चार सय ६२ वटा कल्भर्ट पुल निर्माण अन्तिम चरणमा पुुगेको छ भने सडक बजार क्षेत्रमा छ लेन, जंगल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भैरहेको चिनियाँ कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनका ईन्जिनियर राकेश झाले बताए । अहिले यो सडक खण्डमा ७० जना चिनियाँ र दुई सय ७५ जना नेपाली प्राविधिकहरुले काम गरिरहेको आयोजनाले जनाएको छ । सडक डिभिजनल कार्यालय बुटवलले सडक निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?