Butwal Today

पहिलो स्थापना दिवस मनाउँदै रास्वपा, प्रधानमन्त्रीदेखि सबै दलका नेतासम्मलाई निमन्त्रणा

७ असार २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (असार ७ गते) आफ्नो पहिलो स्थापना दिवस मनाउँदै छ।गत वर्ष आजकै दिन राष्ट्रियसभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिएको थियो। यो पार्टी निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो।

बुधबार (हिजो) मात्र बसुन्धरास्थित सानो आठकोठे कार्यालयबाट बालाजुस्थित समृद्धि स्कुल नजिकैको नयाँ ६ तले भवनमा पार्टी कार्यालय सारेको रास्वपाले आज त्यहीँ संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक, पत्रकार सम्मेलन तथा चियापान गरी आफ्नो प्रथम स्थापना दिवस मनाउने भएको हो।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालका अनुसार अहिले बिहान १० बजे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्नेछ भने लगत्तै बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिनेछ।

अनि दिउँसो १ बजे प्रधानमन्त्रीदेखि सबै राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिसहितको उपस्थितिमा चियापना कार्यक्रम गरिने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?