ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

साफ च्याम्पियन्सिप : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

काठमाडौँ ।

भारतमा बुधबारदेखि सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलामा नेपालले कुवेतसँग हार व्यहोरेको छ। बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खादा एक गोल फर्कायो।

खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजियाको गोलमा कुवेतले सुरुवाती अग्रता बनाएको थियो।

कर्नर प्रहारमा नेपालका डिफेन्डरबीच तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा खालिदले बललाई पोष्टको गति दिए।

खेलको ४१ औँ मिनेटमा शबैब अलखाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए।

खेलको ४५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए।

पेनाल्टी एरियामा नेपालका डिफेन्डर अनन्त तामाङले ह्याण्ड गरेपछि रेफ्रिले कुवेतलाई पेनाल्टी अवसर दिएको थियो। जुन मौकालाई मोहम्मद अब्दुल्लाहले खेर जान दिएनन्।

खेलको ६८ औं मिनेटमा अञ्जन विष्टले गरेको गोल नेपालका लागि शान्त्वना बन्यो। राष्ट्रिय टोलीबाट  अञ्जनको यो १२ औं गोल हो।

दोस्रो हाफमा नेपालले गोल गर्ने केही सुन्दर मौका बनाए पनि सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो।

समुह चरणको दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोली भारतको सामना गर्नेछ। आगामी मंगलबार पाकिस्तानसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?